इटहरी, फाल्गुण २८ ।
कृष्णकला राई
बुढीगंगा गाउँपालिकाको आयोजनामा भइरहेको दोस्रो अध्यक्ष कप २०७७ को शुक्रवार भएको दोस्रो सेमी फाइनल खेलमा वडा नं. ५ लाई २–० को गोल अन्तरले पराजित गर्दे वडा नं. ३ फाइनल खेलमा प्रवेश गरेको छ ।निकै नै प्रतिस्पर्धात्मक रहेको आजको खेलको पहिलो हाफको समाप्तिसम्म दुवै टिमको तर्फबाट कुनै पनि गोल हुन सकेको थिएन ।
दोस्रो हाफको खेल पनि निकै नै प्रतिस्पर्धात्मक रहेको थियो । खेलको १९ औं मिनेटमा वडा नं.३ का खेलाडी जर्सी नं. ९ का खेलाडी सुवर्ण रेग्मीले आप्mनो टिमका लागि पहिलो गोल गर्दे टिमलाई अग्रता दिलाएका थिए ।त्यसी गरि दोस्रो हाफको समाप्तिको ३६औं मिनेटमा पुनः वडा नं. ३का खेलाडी जर्सी नं.१९का संजय कार्कीले दोस्रो निर्णायक गोल गर्दे टिमलाई विजयी बनाउन सफल भएका थिए ।
शानदार खेल प्रदर्शनसंगै आफ्नो टिमका लागि शानदार पहिलो गोल गरि टिमलाई अग्रता दिलाउन सफल वडा नं. ३ का खेलाडी जर्सी नं. ९ सुवर्ण रेग्मी म्यान अफ दी म्याच घोषित हुँदै नगद पुरस्कार रु २ हजार हात पार्न सफल भएका थिए ।
बुढीगंगा गाउँपालिका दोस्रो अध्यक्ष कपका विजेताले नगद पुरस्कार रु ५५ हजार र उप विजेताले नगद पुरस्कार रु ३१ ह्जार प्राप्त गर्नेछन् ।