Logo

वडा २ लाई पराजित गर्दे वडा ५ तेस्रो स्थान ओगटन सफल

प्रभात खबर २९ फाल्गुन २०७७, शनिबार २१:३१ मा प्रकाशित

इटहरी, फाल्गुण २९।
कृष्णकला राई
बुढीगंगा गाउँपालिकाको आयोजनामा भइरहेको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७ को तेस्रो स्थानका लागि शनिवार भएको खेलमा वडा नं. २ लाई पेनाल्टी सूट अन्तर्गत ५–४ को गोल अन्तरले पराजित गर्दे वडा नं. ५ तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।


निकै नै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफमा दुवै टिमको तर्फबाट कुनै पनि गोल हुन सकेको थिएन ।खेलको दोस्रो हाफको १२ औं मिनेटमा वडा नं. २ का खेलाडी जर्सी नं.९ सुरज माझिले गरेको प्रहार रोक्ने क्रममा वडा नं. ५ का खेलाडी जर्सी नं. ११का बिक्रम सरदारद्वारा भएको आत्मघाती गोलले वडा नं. २ लाई अग्रता दिलाएको थियो ।तर २१औं मिनेटमा वडा नं. ५ का खेलाडी जर्सी नं. १३ ले गरेको गोलले दुवै टिमलाई बराबरीमा ल्याउन सफल भएको थिए । खेलको निर्धारित समयअवधि समाप्तीसम्म दुवै टिमको तर्फबाट थप कुनै गोल हुन नसक्दा खेल पेनाल्टी शूट आउटमा धकेलिएको थियो ।


पेनाल्टी शूट आउटमा वडा नं. ५ ले वडा नं. २ लाई ५–४को अन्तरले पराजित गर्दे तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।खेल अवधिभर राम्रो खेल प्रदर्शन गरेबापत वडा नं. ५ का खेलाडी जर्सी नं.४ दिकपल सरदार थारु म्यान अफ दी म्याच घोषित हुँदै नगद पुरस्कार राशि रु २ हजार प्राप्त गरेका थिए ।शनिवार तेस्रो स्थानका लागि भएको खेलका विजेता नगद पुरस्कार राशि रु २१ ह्जारका दावेदारी बनेका छन् ।


बुढीगंगा गाउँपालिका दोस्रो अध्यक्ष कपका विजेताले नगद पुरस्कार रु ५५ हजार र उप विजेताले नगद पुरस्कार रु ३१ ह्जार प्राप्त गर्नेछन् । भोलि आइतवार हुने फाइनल खेलमा वडा नं. ३ र वडा नं. ६ बिच हुने जानकारी आयोजक त्रिलोचन तिम्सिनाले दिएका छन् ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार