Logo

ए.पी.एफ. टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

प्रभात खबर ६ चैत्र २०७७, शुक्रबार १०:२८ मा प्रकाशित

इटहरी , चैत्र ६
सुनसरी जिल्लाको इनरुवा नगरपालिका ४ स्थित बसचोकबाट चैत्र ४ गते एपीएफ टोलीले २८ सय वटा ट्रमापोल हाईड्रोक्लोराइड क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको धरान उपमहानगरपालिका ८ बस्ने २९ वर्षिय अजय श्रेष्ठ र ३० वर्षिय निपेन श्रेष्ठ छन् ।
को ५ प ७६४७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
त्यसवेला ए.पी.एफ. टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार