Logo

चाँदबेला भन्सियामाई च्यालेन्ज कप २०७७ को टाइसिट सार्वजनिक

प्रभात खबर १० चैत्र २०७७, मंगलवार १४:४७ मा प्रकाशित

इटहरी , फाल्गुन १०।

चाँदबेला खेलकुद विकास समिति , इनरूवा -७ को अायोजनामा यही चैत १७ गतेदेखि प्रदेश नं. १ स्तरीय चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । स्थानीय तहमा खेलकुदको विकास संगसंगै पर्यटन प्रर्वद्धनका निम्ति पहिलोपटक चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को अायोजना गरिएको हो ।
अाठवटा टिमहरूको सहभागीता रहने यस च्यालेन्ज कपको तयारी लगभग पूरा भएको जानकारी अायोजक समितिका अध्यक्ष धनन्जय खवासले Prabhaatkhabar.com लाई गराएका छन् ।
पहिलोपटक अायोजना भएको यस च्यालेन्ज कपमा सहभागी हुने टिमहरूमा नेपाल पुलिस क्लब प्रदेश नं.१, ए.पी.एफ. प्रदेश नं. १, इनरूवा ११, एफ.एफ.सी. धरान, पञ्चायन फुटबल क्लब रामधुनी, विराटनगर स्पोर्टिङ क्लब विराटनगर, इटहरी फुटबल क्लब, एवम् गोल्डेन फुटबल क्लबहरू रहनेछन् ।यस च्यालेन्ज कपको प्रथम पुरस्कार राशि नगद रू ५१ हजार १ सय ५१ र दोस्रो पुरस्कार राशि नगदरू ३१हजार १ सय ५१ रहेको छ । इनरूवा नगरपालिका वडा नं. ७ को संयोजनमा चाँदबेला भन्सियामाईको खेल मैदानमा पहिलोपटक हुन लागेको यस च्यालेन्ज कपको प्रत्यक्ष प्रसारण Nepal Prabhaat Khabar2 बाट हुनेछ।

 

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार