इटहरी , चैत १०।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश नं. १ ले इटहरीमा यहि चैत १२ गतेदेखि फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
मंगलबार इटहरीमा अायोजित पत्रकार सम्मेलनमा जीपी फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश १ का संयोजक सूर्य राईले चैत १२ गतेदेखि इटहरी रंगशालामा नगरपालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएका छन् ।
प्रदेश १ का ८ वटा टिमहरू फुटबल प्रतियोगितामा सहभागी हुनेछन् ।राईका अनुसार इटहरी, विराटनगर, धरान, उदयपुर, उर्लाबारी, दमक, इनरुवा र धनकुटा नगरपालिका गरि जम्मा ८ वटा टिमहरू सहभागी हुनेछन् ।
यस फुटबल प्रतियोगिताका विजयी हुने टिमले पाउनेछन् नगद पुरस्कार रू २ लाख र उप विजयी टिमले पाउनेछन् नगद पुरस्कार रू १ लाख ।