इटहरी , चैत११ ।
यस वर्ष पनि कोरोना संक्रमणको जोखिम बढ्ने संभावना देखेपछि होलीमा भीडभाड र जमघट नगर्न अाग्रह सहित जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना निकालेको छ।
छिमेकी राष्ट्र भारतको मुख्य शहरहरूमा कोविद १९ को संकमण बढेसंगे यसपटक पुनः होली पर्वमा भिडभाड साथै अनावश्यक जमघट नगर्न समेत जिप्रकाले बुधवार जारी गरेको पत्रमा उल्लेख गरेको छ ।
अाफ्ना जिल्लावासीहरूलाई स्वास्थ्यसम्बन्धि अावश्यक मापदण्ड अपनाइ स्वास्थको ख्याल गर्न उक्त पत्रमा अनुरोध गरिएको छ ।