Logo

इनरुवा ११ लाई १–० ले स्तब्ध बनाउँदै नेपाल पुलिस सेमीफाइनलमा प्रवेश

प्रभात खबर १७ चैत्र २०७७, मंगलवार २३:०५ मा प्रकाशित

इटहरी , चैत्र १७
चाँदबेला खेलकुद विकास समिति , इनरूवा (७ को आयोजनामा मंगलवार भएको प्रथम प्रदेश स्तरीय चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को पहिलो उद्घाटन खेलमा नेपाल पुलिसले इनरुवा ११ लाई १–० को गोल अन्तरले पराजित गर्दे सेमी फाइनलमा प्रवेश गरेको छ । मंगलवार भएको पहिलो क्वार्टर फाइनल खेल नेपाल पुलिस र इनरुवा ११ बिच भएको थियो । खेल शुरुवात भएको पहिलो हाफको २५ औं मिनेटमा नेपाल पुलिसका खेलाडी जर्सी नं.१२ का पुजन राईले गरेको पहिलो शानदार गोलले आप्mनो टिमका लागि सेमी फाइनलमा स्थान सुरक्षित बनाएका थिए । खेलको दोस्रो हाफको समाप्ति सम्म पनि इनरुवा ११ को टिमबाट भने कुनै गोल हुन सकेको थिएन र नेपाल पुलिस १–० को गोल अन्तरले सेमी फाइनलमा प्रवेश पाउन सफल भएको हो ।


स्थानीय तहमा खेलकुदको विकास संगसंगै पर्यटन प्रर्वद्धनका निम्ति पहिलोपटक चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को आयोजना गरिएको हो ।यस प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहनेछ । आजको खेलको शानदार प्रदर्शन गरेबापत नेपाल पुलिसका खेलाडी जर्सी नं. १२ का पुजन राई म्यान अफ दी म्याच घोषित भएका थिए ।


मंगलवार भएको उद्घाटन खेलका प्रमुख अतिथि इनरुवा नगरपालिकाका मेयर राजन मेहताले रेफ्री मोहम्मद फारुख अहमदलाई फुटबल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका थिए ।
यस च्यालेन्ज कपको प्रथम पुरस्कार राशि नगद रू ५१ हजार १ सय ५१ र दोस्रो पुरस्कार राशि नगदरू ३१हजार १ सय ५१ रहेको छ । इनरूवा नगरपालिका वडा नं। ७ को संयोजनमा चाँदबेला भन्सियामाईको खेल मैदानमा पहिलोपटक आयोजना भएको यस च्यालेन्ज कपको प्रत्यक्ष प्रसारण ल्भउब िएचबदजबबत प्जबदबचद्द बाट भइरहेको छ ।

सम्बन्धित खवर

समाचार