Logo

धरान एफ.एफ.सी.लाई १–०ले पराजित गर्दे ए.पी.एफ. सेमीफाइनल प्रवेश

प्रभात खबर १८ चैत्र २०७७, बुधबार २१:१० मा प्रकाशित

कृष्णकला राई
इटहरी , चैत्र १८
चाँदबेला खेलकुद विकास समिति , इनरूवा (७ को आयोजनामा बुधवार भएको प्रथम प्रदेश स्तरीय चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को दोस्रो क्वार्टर फाइनल खेलमा धरान एफ.एफ.सी.लाई १–०ले पराजित गर्दे ए.पी.एफ सेमीफाइनलमा प्रवेश गरेको छ ।

 

खेल शुरु भएको २औं मिनेटमा नै ए.पी.एफ. टिमको तर्फबाट जर्सी नं १० का खेलाडी भुवन बस्नेतले पहिलो गोल गर्दे आफ्नो टिमका लागी खाता खोल्न सफल भएका थिए ।निकै नै प्रतिस्पर्धात्मक रहेको दोस्रो क्वार्टरफाइनल खेलको पहिलो हाफ १–० मा सिमित रहेको थियो भने दोस्रो हाफको समाप्तिसम्म पनि दुवै टिमबाट कुनै गोल हुन सकेको थिएन।


खेलमा राम्रो प्रर्दशन गरेबापत ए.एफ.सी.का गोलकिपर दिलकुमार लिम्बू म्यान अफ दी म्याच घोषित भएका थिए ।
स्थानीय तहमा खेलकुदको विकास संगसंगै पर्यटन प्रर्वद्धनका निम्ति पहिलोपटक चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को आयोजना गरिएको हो ।

यस प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहनेछ यस च्यालेन्ज कपको प्रथम पुरस्कार राशि नगद रू ५१ हजार १ सय ५१ र दोस्रो पुरस्कार राशि नगदरू ३१हजार १ सय ५१ रहेको छ । इनरूवा नगरपालिका वडा नं। ७ को संयोजनमा चाँदबेला भन्सियामाईको खेल मैदानमा पहिलोपटक आयोजना भएको यस च्यालेन्ज कपको प्रत्यक्ष प्रसारण ल्भउब िएचबदजबबत प्जबदबचद्द बाट भइरहेको छ ।

सम्बन्धित खवर

समाचार