Logo

इटहरी एफ.सी. लाई २–१को अन्तरले पराजित गर्दे पञ्चायन एफ.सी.सेमीफाइनलमा प्रवेश

प्रभात खबर १९ चैत्र २०७७, बिहीबार २१:३२ मा प्रकाशित

कृष्णकला राई
इटहरी, चैत्र १९
चाँदबेला खेलकुद विकास समिति , इनरूवा ९७ को आयोजनामा बुधवार भएको प्रथम प्रदेश स्तरीय चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को तेस्रो क्वार्टर फाइनल खेलमा इटहरी एफ।एफ।सी।लाई २–१ को गोल अन्तरले पराजित गर्दे पञ्चायन एफ.सी सेमीफाइनलमा प्रवेश गरेको छ ।


बिहीवार भएको खेलमा दुवै टिम निकै नै आक्रमक देखिएका थिए । खेलको पहिलो हाफको झण्डै अन्तिम क्षणको ३९ औं मिनेटमा पञ्चायन एफ.सीका खेलाडी जर्सी नं. १८ का दिपेन राईले गोल गर्दै आफ्नो टिमका लागि खाता खोल्न सफल भएका थिए भने इटहरी एफ.सी.को तर्फबाट भने कुनै गोल हुन सकेको थिएन।


त्यसैगरि दोस्रो हाफको खेल पनि निकै नै प्रतिस्पर्धात्मक देखिएको थियो । खेल शुरुवात भएको१७औं मिनेटमा पुनः पञ्चायन एफ.सी का खेलाडी जर्सी नं. ९का संदिप लिम्बूले आप्mनो टिमका लागि दोस्रो शानदार गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भएका थिए । दोस्रो हाफको २७ औं मिनेटमा इटहरी एफ.सी. का खेलाडी जर्सीे नं. १६ का खेलाडी दिपेन लिम्बूले आप्mनो टिमका विरुद्ध एक गोल फर्काउन सफल भएका थिए । खेलको निर्धारित समयका समाप्तिसम्म पञ्चायन एफ.सीले २–१ को गोल अन्तरले इटहरी एफ.सी पराजित गर्दै सेमीफाइनलमा आप्mनो स्थान बनाउन सफल भएको थियो ।


खेलमा राम्रो खेल प्रदर्शन गरेबापत पञ्चायन एफ.सीका खेलाडी जर्सी नं. १८ का संदिप लिम्बू म्यान अफ दी म्याच घोषित हुँदै प्रमुख अतिथि प्रदेश नं. १ प्रतिपक्षीय दलका नेता एवम् नेपाली काँग्रेस जिल्ला सभापति राजिव कोइरालाबाट पुरस्कार प्राप्त गरेका थिए।
स्थानीय तहमा खेलकुदको विकास संगसंगै पर्यटन प्रर्वद्धनका निम्ति पहिलोपटक चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को आयोजना गरिएको हो ।यस प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहनेछ यस च्यालेन्ज कपको प्रथम पुरस्कार राशि नगद रू ५१ हजार १ सय ५१ र दोस्रो पुरस्कार राशि नगदरू ३१हजार १ सय ५१ रहेको छ । इनरूवा नगरपालिका वडा नं। ७ को संयोजनमा चाँदबेला भन्सियामाईको खेल मैदानमा पहिलोपटक आयोजना भएको यस च्यालेन्ज कपको प्रत्यक्ष प्रसारण ल्भउब िएचबदजबबत प्जबदबचद्दबाट भइरहेको छ ।
भोलिको अन्तिम क्वार्टर फाइनल खेल विराटनगर स्पोटिङ्ग क्लब, विराटनगर र गोल्डेन स्टार एफ.सी. भलुवा बिच हुने जानकारी चाँदबेला विकास समिति सदस्य शास्वत गौतमले दिएका छन् ।

सम्बन्धित खवर

समाचार