Logo

गोल्डन स्टार भलुवालाई पराजित गर्दे बिराटनगर स्र्पोटिंग क्लबको शानदार सेमीफाइनलमा प्रवेश

प्रभात खबर २० चैत्र २०७७, शुक्रबार २१:४१ मा प्रकाशित

कृष्णकला राई

शुक्रवार भएको खेलमा दुवै टिमको तर्फबाट शानदार खेल प्रदर्शन भएको थियो। खेलको पहिलो हाफको २२ औं मिनेटमा विराटनगर स्र्पोटिंग क्लबका खेलाडी जर्सी नं. २ सुसान चौधरीले गरेको आत्मघाती गोलले भलुवालाई १ अंकले अग्रता दिलाएको थियो भने विराटनगर स्र्पोटिंग क्लबको तर्फबाट भने कुनै गोल हुन सकेको थिएन।
निकै नै प्रतिस्पर्धात्मक रहेको खेलको दोस्रो हाफ शुरुवात भएको ४२औं मिनेटमा स्र्पोटिंग क्लबका खेलाडी जर्सी नं. १७ का विजयी पोख्ररेलले पहिलो गोल गर्दे खेललाई बराबरीमा ल्याउनु सफल भएका थिए भने पुनः खेलको ५५औं मिनेटमा दोस्रो गोल गर्दै आफ्नो टिमलाई विजयी बनाएका थिए ।

खेलको निर्धारित समयको समाप्तिसम्म विराटनगर स्र्पोटिंग क्लबले २–१को गोल अन्तरले भलुवालाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको थियो । खेलमा शानदार खेल प्रर्दशनका लागि विराटनगर स्र्पोटिंगका खेलाडी जर्सी नं १७ म्यान अफ दी म्याच घोषित भएका थिए ।
भोलीको पहिलो सेमीफाइनल खेल नेपाल पुलिस क्लब र पञ्चायन एफ.सी. बिच दिउँसोको ठीक ३ बजे चाँदबेला खेल मैदानमा हुने जानकारी चाँदबेला खेलकुद विकास समितीका सचिव उमेश दनुवारले दिएका छन् ।

स्थानीय तहमा खेलकुदको विकास संगसंगै पर्यटन प्रर्वद्धनका निम्ति पहिलोपटक चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को आयोजना गरिएको हो ।यस प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहनेछ यस च्यालेन्ज कपको प्रथम पुरस्कार राशि नगद रू ५१ हजार १ सय ५१ र दोस्रो पुरस्कार राशि नगदरू ३१हजार १ सय ५१ रहेको छ । इनरूवा नगरपालिका वडा नं। ७ को संयोजनमा चाँदबेला भन्सियामाईको खेल मैदानमा पहिलोपटक आयोजना भएको यस च्यालेन्ज कपको प्रत्यक्ष प्रसारण ल्भउब िएचबदजबबत प्जबदबचद्दबाट भइरहेको छ ।

सम्बन्धित खवर

समाचार