Logo

ट्राइ ब्रेकरमा ३–२ को अन्तरले पञ्चायन एफ.सी.लाई पराजित गर्दे नेपाल पुलिस क्लबको शानदार फाइनल खेलमा प्रवेश

प्रभात खबर २१ चैत्र २०७७, शनिबार २१:४८ मा प्रकाशित

कृष्ण कला राई
इटहरी , चैत्र २१
चाँदबेला खेलकुद विकास समिति , इनरूवा (७ को आयोजनामा मंगलवार भएको प्रथम प्रदेश स्तरीय चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को पहिलो सेमीफाइनल खेलमा नेपाल पुलिसले पञ्चायन एफ.सी.लाई ट्राइ ब्रेकरमा ३–२ को अन्तरले पराजित गर्दे फाइनल प्रवेश गरेको हो ।


निकै नै कडा प्रतिस्पर्धा रहेता पनि पहिलो सेमीफाइनल खेलको निर्धारित समय समाप्तिसम्म भने दुवै टिमको तर्फबाट कुनै गोल हुन सकेको थिएन र खेल ट्राइ ब्रेकरतर्फ धकेलिएको थियो । ट्राइ ब्रेकरमा नेपाल पुलिसको तर्फबाट ३ र पञ्चायन एफ.सी.को तर्फबाट २ गोल भएको थियो । विपक्षी टिमबाट भएको आक्रमक गोल प्रहारलाई शानदार ढंगले रोक्दै आफ्नो टिमलाई फाइनलमा पु¥याउन सफल भएकोमा नेपाल पुलिस क्लबका गोल किपर विष्णु चौधरी म्यान अफ दी म्याच घोषित भएका थिए ।


स्थानीय तहमा खेलकुदको विकास संगसंगै पर्यटन प्रर्वद्धनका निम्ति पहिलोपटक चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को आयोजना गरिएको हो ।यस प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको छ
यस च्यालेन्ज कपको प्रथम पुरस्कार राशि नगद रू ५१ हजार १ सय ५१ र दोस्रो पुरस्कार राशि नगदरू ३१हजार १ सय ५१ रहेको छ । इनरूवा नगरपालिका वडा नं। ७ को संयोजनमा चाँदबेला भन्सियामाईको खेल मैदानमा पहिलोपटक आयोजना भएको यस च्यालेन्ज कपको प्रत्यक्ष प्रसारण Nepal Prabhaat Khabar2 बाट भइरहेको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार