Logo

चाँदबेला भन्सिया माई च्यालेन्ज कपका लागि विभागीय टोलीहरु फाइनल खेलमा भिड्ने

प्रभात खबर २२ चैत्र २०७७, आईतवार २१:४६ मा प्रकाशित

कृष्ण कला राई
इटहरी , चैत्र २२
चाँदबेला खेलकुद विकास समिति , इनरूवा (७ को आयोजनामा मंगलवार भएको प्रथम प्रदेश स्तरीय चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को दोस्रो सेमीफाइनल खेलमा ए.पी.एफ.ले विराटनगर स्र्पोटिंग क्लब लाई ट्राइ ब्रेकरमा ३–२ को अन्तरले पराजित गर्दे फाइनल प्रवेश गरेको छ ।


निकै नै कडा प्रतिस्पर्धा रहेको सेमीफाइनल खेलको पहिलो हाफको १५औं मिनेटमा ए.एफ.सी.का खेलाडी जर्सी नं. १० भुवन बस्नेतले पहिलो गोल गर्दै आफ्न टिमका लागि खाता खोल्न सफल भएका थिए । तर खेलको दोस्रो हाफमा विराटनगर स्र्पोटिंग क्लबका खेलाडी जर्सी नं. १५ का सुजित राईले पहिलो गोल गर्दै आफ्ना टिमलाई बराबरीमा ल्याउन सफल भएका थिए ।


निर्धारित समय समाप्तिसम्म भने दुवै टिमको तर्फबाट थप कुनै गोल हुन नसकि खेल ट्राइ ब्रेकरतर्फ धकेलिएको थियो । ट्राइ ब्रेकरमा ए.पी.एफ तर्फबाट खेलाडी उज्जवल चामलिङ्ग, रोशन भुजेल र बिमल तामांगले गोल गरेका थिए भने विराटनगर टिमका तर्फबाट खेलाडीहरु विजय पोख्रेलका साथ कोमल खवासले २ गोल गरेका थिए।खेलको ट्राइ ब्रेकरमा ए.पी.एफ.ले बिराटनगर स्र्पोटिंग क्लबलाई ३–२को अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरिक्षत बनाएको हो।
उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना विपक्षीका गोललाई रोकि टिमलाई फाइनलमा पु¥याउन सफल ए.पी.एफ.का गोल रक्षक दिल कुमार लिम्बू म्यान अफ दी म्याच घोषित भएका थिए ।

स्थानीय तहमा खेलकुदको विकास संगसंगै पर्यटन प्रर्वद्धनका निम्ति पहिलोपटक चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को आयोजना गरिएको हो ।
यस प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको थियो ।
यस च्यालेन्ज कपको प्रथम पुरस्कार राशि नगद रू ५१ हजार १ सय ५१ र दोस्रो पुरस्कार राशि नगदरू ३१हजार १ सय ५१ रहेको छ । इनरूवा नगरपालिका वडा नं। ७ को संयोजनमा चाँदबेला भन्सियामाईको खेल मैदानमा पहिलोपटक आयोजना भएको यस च्यालेन्ज कपको प्रत्यक्ष प्रसारण Nepal Prabhaat Khabar 2 बाट भइरहेको छ ।
२४ गते हुने फाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लब र ए.पी.एफ. च्यालेन्ज कपका लागि एक सामु भिडने छन् ।

सम्बन्धित खवर

समाचार