Logo

खनारको सिरुवा मेला भव्यताका साथ मनाइयो

प्रभात खबर ४ बैशाख २०७८, शनिबार २१:३० मा प्रकाशित

सुशील कन्दरा राजभर
इटहरी ,बैशाख ४

शुक्रबार इटहरीकाे केचना मेलामा इलाका प्रहरी कार्यालय इटहरीले बिहानै देखि कडाइका साथ मेला लाग्न नदिएको भाेलि पल्ट शनिबार खनारकाे साेमवारेमा सिरुवा मेला भव्यताका साथ मेला आयोजित भएको थियो ।

प्रहरी चाैकी खनारले मेलालाई भिडभाड हुन नदिन बिहानै देखि कडाई गरेतापनि विशेषत थारु समुदायको बाक्लो उपस्थिती रहने मेला विना राेकटाेक लागेको थियो। विच्छु धामि मन्दिरका अध्यक्ष परिलाल चाैधरीले सबै व्यापारिक केन्द्र , हाटबजार र संस्थागत सभासम्मेलन लाई अनुमती दिइरहेकाे बेला थारु समुदायको महान सांस्कृतिक मुल्यमान्यता बाेकेकाे सिरुवा मेलालाइ राेक लगाउन नहुने बताउदै यस्ता मेलाहरुमा काेराेना संक्रमणका सावधानीका बारेमा सरकारले सचेतना कार्यक्रम तथा अभियान सञ्चालन गरेर अाम नागरिकलाई सचेत गराउन सक्छन् भन्ने धारणा व्यक्त गरे।

प्रहरीले मेलामा आएका व्यापारी पसल थाप्न तथा भक्तजनहरूलार्इ मन्दिर प्रवेश नगर्न अनुराेध गरेकाे भएपनि , स्थानीयले नमानेकाे र विराेध स्वरुप मेला सञ्चालनमा अाएकाे थियो । मेला लाग्न दिएकाे बारे प्रश्न राख्दा, मेलाको सुरक्षार्थ खटिएका प्रहरीहरुले केही बाेल्न चाहेनन् ।
p
हिजाे शुक्रबार मात्रै प्रहरीले केचना मन्दिर प्रवेशमा रोक लगाए पछि भक्तजनहरू पुजा सामाग्रिहरू बाहिरबाटै चढाएर खिन्न भएर फर्किएकाे अवस्था थियो । सरकारले कोरोनाको जोखिम बढेकाे भन्दै सिरूवा मेला राेक लगाउने बताउँदै अाएका छन् भने अन्य कुनै पनि सभा सम्मेलन जस्ता मानिस भिडभाड हुने कार्यक्रमहरू नगर्न आदेश जारी बमोजिम इटहरीमा सोहि आदेश अनुसार काम गरेको इटहरी प्रहरीले जानकारी दिए। प्रहरीले मेलामा राेक लगाएपछि इटहरी प्रहरी र सरकारकाे अलाेचना भएको थियाे । सयाैका संख्यामा मानिसहरुले यस अबरोध कार्यकाे फेसबुक , ट्विटर मार्फत समेत विरोध गरेका थिए ।

सरकारले कोरोनाको जोखिम देखाउँदै मेला सभा सम्मेलन जस्ता कार्यक्रमहरू नगर्न आदेश जारी गरे पनि शुक्रबार नेपाल पत्रकार महासंघ सुनसरीकाे चुनावमा विजयी भएका उम्मेदवारहरुकाे पदस्थापन कार्यक्रम इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा भव्यरुपमा सम्पन्न भएको थियो भने हजारौंकाे संख्यामा दर्शककाे उपस्थितिमा बिराटनगरमा अन्तर्राष्ट्रिय बिराट गाेल्डकप फुटबल प्रतियोगिता अाज शनिबार सम्पन्न भएको छ । राजनीतिक अस्थिरताले कमजोर बनेकाे देश , अहिले विभिन्न पार्टीहरुले कार्यकर्तालाई प्रशिक्षण तथा पार्टी प्रवेशका कार्यक्रम धमाधम गरिरहेका छन् । देशकाे चाैथाे अंग मानिने पत्रकारिता क्षेत्रकाे कार्यक्रम , नाफामुखी खेलकुद कार्यक्रम , राजनीतिक मुद्दा बाेकेकाे अभियान निर्विरोध सञ्चालन गर्न अनुमति दिने जिल्ला प्रशासन कार्यलय तथा स्थानीय सरकारले संस्कृतिक र धार्मिक अास्था र मुल्यमान्यता बाेकेकाे सिरुवा मेला भने राेक लगाउनमा गर्व महसुुस गरेकाे रवाफ देखाएकाे लाग्दछ।

सानालाई एेन अनि ठुलालाइ चैन कथनलाई यति बेला सरकारकाे यस्तो विभेदकारी कदमले सत्य सावित गरेकाे छ ।

सम्बन्धित खवर