इटहरी , बैशाख १६
विश्वमापु पुनः काेराेना माहामारीकाे बढ्दाे जाेखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
सुनसरी जिल्ला प्रशासन कार्यालयकाे विहिवार बसेकाे बैठकले सुनसरी क्षेत्रभित्र भाेलि शुक्रबार १७ गतेदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेश कुमार पाेख्रेलले जानकारी दिनुभएको छ ।