Logo

किराँत नेवाहाङ राई आफ्नो परिचय स्थापित गर्दै

प्रभात खबर १७ बैशाख २०७८, शुक्रबार २१:५३ मा प्रकाशित

कृष्णकला राई
इटहरी, वैशाख १७
किराँत नेवाहाङ राई समाजले शुक्रवार पत्रकार सम्मेलन आायोजना गरि विगत लामो समयदेखि आफ्नो भाषा र पहिचानका लागि किराँत नेवाहाङ राईहरु निरन्तर रुपले सकृय रहिरहेको जानकारी दिएको छ ।
प्रेस सम्मेलना ,किराँत मेवाहाङ र किराँत नेवाहाङ राईहरुले संयुक्त रुपमा आयोजना गरेको ५ वटा वृहत सम्मेलनहरुमा मेवाहाङ र नेवाहाङ राई दुवै एक हुन भन्दै समिति गठन गरिएको र तत्पश्चात भाषा सम्बन्धि विभिन्न खोज अनुसन्धान गरि प्रकाशन गरिएको शब्दकोश, क्यालेण्डर, मुन्धुम र वंशावलीमा नेवाहाङ नलेखि एकतर्फी एकल निर्णयको आधारमा मेवाहाङ लेखिएकोमा देशभरि रहेका नेवाहाङहरु आप्mनो पहिचानका लागि एक भएर अघि बढेको किराँत नेवाहाङ समाजकी उपाध्यक्ष भिमा नेवाहाङले जानकारी दिनुभयो ।

जनगणना २०६८ का अनुसार नेपालमा १२५ भन्दा बढी जातजातिहरुको बसोबास रहेको र सोमध्ये १२३ को आफ्नो धर्म संस्कृति र रहनसहन रहेको छ । ती मध्ये राईहरु २७ प्रकारका छन् भनेर किराँत विज्ञान अध्ययन संस्थान काठमांडु नेपालद्वारा प्रकाशित “इण्डो नेपाल किराँती भाषाहरु” भन्ने पुस्तकमा नेवाहाङ थर २.१६मा रहेको प्रकाशित प्रेस विज्ञप्तिमा किराँत नेवाहाङ राई समाजले उल्लेख गरेको छ ।

२०७५ साल चैत्रमा इलाममा आयोजित वृहत सम्मेलनमा नेवाहाङ लेख्न नसकिने निर्णय गरेपश्चात औपचारिक रुपमा नेवाहाङहरु आफ्नो पहिचानका लागि अघि बढेको विज्ञप्तिमा उल्लेख गरेको छ ।यसै पहिचानका लागि २०७५ साल फाल्गुन ११ गते मोरंग, झापा, र सुनसरी का नेवाहाङ राईहरुलाई औपचारिक र अनौपचारिक रुपमा भेला तथा घरदैलो कार्यक्रम मार्फत भेल ागर्न टेकबहादुर राईको अगुवाईमा पूर्वका भोजपुर, संखुवासभा, इलाम, झापा, मोरंग र सुनसरी जिल्लाका नेवाहाङ राई प्रतिनिधिसहित जम्मा ५४ जनाको उपस्थितिमा २०७७ कार्तिक मोरंगको बेलबारी स्थित किराँत यायोक्खाको सभास्थमा प्रथम राष्ट्रिय भेला आयोजना गरि टेक बहादुर नेवाहाङको अध्यक्षतामा १३ सदस्यीय तर्थत समिति गठन गरिएको जानकारी उपाध्यक्ष भीमा नेवाहाङले दिनुभयो । पत्रकार सम्मेलनमा जारि गरिएको प्रेस विज्ञप्तिमा नेवाहाङ राई समाजले हासिल गरेका प्रगति विवरण साथै किराँत नेवाहाङ समाजको भावी कार्ययोजना समेत उल्लेख गरिएको छ ।
शुक्रवार आयोजित पत्रकार सम्मेलन किराँत नेवाहाङ राई समाजका अध्यक्ष टेक बहादुरको सभापत्विमा साथै उपाध्यक्षद्वय छत्र बहादुर नेवाहाङ एवम् भीमा नेवाहाङको उपस्थितिमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

Covid 19

समाचार