Logo

बराहक्षेत्रमा मोटर साइकल चोरीको घटना बढ्दो क्रममा

प्रभात खबर १९ बैशाख २०७८, आईतवार २२:४३ मा प्रकाशित

हिमाल राई
बराहक्षेत्र,वैशाख १९।
बराहक्षेत्र नगरपालिका अन्तर्गत वडा नं १ र २मा रात्री को समयमा मोटर साइकल चोरीको धटना वृद्धि भएको छ।
स्थानीय रन्जित लोहनीले दिनुभएको जानकारी अनुसार बयरवन बजार स्थित सेन्चुरी बैंकमा कार्यरत कर्मचारी मोहन दाहालको को ३१ प ९४४ नम्बरको कालो रङ सुपर इस्कुलेडर सेन्चुरी बैंक अगाडि पार्किङ गरी राखेको अवस्थामा रातको समयमा चोरी भएको हो ।त्यसैगरी ,बराहक्षेत्र नगरपालिका वार्ड नं ९ वस्ने विसाल राईको को ४ प ६६२६” नम्बर कालो रङको एक्स सि डि १२५ मोटर साइकल घरमा पार्किङ गरी राखेको स्थानबाट चोरी गरी वयरवन बजार सम्म प्रयोग गरी सो मोटरसाइकल वराहक्षेत्र वडा नं २ वयरवन बजार छोडी पुन: मोहन दाहालको‌ पार्किङ गरी राखेको नयाँ मोटर साइकल चोरी गरी फरार भएको प्रहरी बताएका छन् ।
प्रहरीले विसाल राईको हराएको मोटर को ४ प ६६२६ नम्बरको मोटर साइकल छानबिन गरी विसाल राईलाई जिम्मा लगाएको छ।
वैसाख १८ गते इलाका प्रहरी कार्यालय चतरामा खोज तलास गरी पाउँ भनि मोहन दाहालले दिएको जाहेर अनुसार मोटर साइकल खोज तलास भइरहेको प्रहरीले जानकारी दिएको छ।
उधोग वाणिज्य संघका‌‌ अध्यक्ष रमेश विष्टले दिनहुँ जसो साना तिना चोरीको र मोटर साइकल चोरीको धटना वृद्धि भएको बताउँदै मोहन दाहाल वाहेक ,सुभरा राई, सन्तोष साह,आलोक श्रेष्ठ,राजु कटुवाल र राम राईको समेत मोटर साइकल पार्किङ गरेर राखेको स्थानबाट हराएको बताएका छन् ।

सम्बन्धित खवर

समाचार