हिमाल राई
बराहक्षेत्र, वैशाख २०।
वराहक्षेत्र नगरपालिका वडा नं २ पुनर्वास निवासी लाल कुमार राईले आफ्नो स्वर्गीय पत्नी पवित्रा लिम्बूनीको नाममा क्यान्सर पिडित विरामीको लागि अक्षय कोषको स्थापना गरेका छन् ।
प्राथामिक स्वास्थ्य केन्द्र चतरामा आयोजित अनौपचारिक कार्यक्रम बिच दाता लाल कुमार राईले नगर प्रमुख निलम खनाल, स्वास्थ्य केन्द्र अध्यक्ष तथा वडा नं २ अध्यक्ष हरिकृष्ण भट्टराईलाई चतरा सामुदायिक सहकारी संस्थामा जम्मा गरी दिएको २ लाख रकमको भौचर हस्तानतरण गरेका थिए।
ताप्लेजुङ जिल्ला थिङलाबु गा.वि.स वाड नं २ अोख्रवुमा २०११ वैशाख १ गते जन्म भइ वराहक्षेत्र नगरपालिका वार्ड नं २ कर्मथलो बनाई क्यान्सर पिडित भई उपचार कै क्रममा श्रीमती पवित्रा लिम्बूको मिति २०७८ वैशाख १ गते मृत्यु भएपश्चात स्वर्गीय पत्नी पवित्रा लिम्बूको नाममा २ लाख रुपैयाँको अक्षय कोषको स्थापना गरिदिएका हुन्।
लाल कुमार राईले वराहक्षेत्र नगरपालिका वार्ड नं १ र २ का क्यान्सर पिडित एवम् अति विपन्न परीवारका लागि स्वास्थ्य उपचार साथै राहत पुर्याउने उद्देश्यले “श्री पवित्रा लिम्वुनी स्वास्थ्य बिमा अक्षयकोष” खडा गरी क्यान्सर पिडित विरामी र विरामी परीवारमा केही सहयोग पुगोस भन्ने उद्देश्यका साथ आफुले क्यान्सर पिडित स्वर्गमा पत्नीको नाममा २ लाख रुपैयाँको अक्षय स्थापना गरिदिएको बताए । साथै
२ लाख रुपैयाँको ब्याजबाट आएको रकमबाट ९०% रुपैयाँ स्वास्थ्य विमा खर्च गरीने र १० % रुपैयाँ मुल रकममा थप्दै लाने जानकारी राईले प्रभात खबरलाई दिएका छन् ।
स्वास्थ्य केन्द्र चतराले लाल कुमार राईको यस कार्यलाई सम्मान पत्र र दोसल्ला अोडाएर सम्मान गरेको थियो ।
वडा नं २ बडा अध्यक्ष हरिकृष्ण भट्टद्वाराईले लाल कुमार राईले आफ्नो क्यान्सर पिडित श्रीमतीको पिडा,दुख बुझेर नै क्यान्सर पिडितको विरामीहरुको लागि स्वास्थ्य क्षेत्रको लागि सहयोग रकम उपलब्ध गराएर समाजप्रति एक उदाहरणीय एवम् सराहनीय कार्य गरेको बताएका छन् ।
कार्यक्रममा, वडा २ वडा अध्यक्ष हरिकृष्ण भट्टराई, नगर प्रमुख निलम खनाल, उधोग वाणिज्य संघ अध्यक्ष रमेश विष्ट लगाएत स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो