Logo

इटहरीको ताजा अपडेटः ३० मध्ये १३ जना संक्रमित साथै भोलिदेखी पिसिआर टेस्ट पनि गराइने

प्रभात खबर २० बैशाख २०७८, सोमबार १८:३० मा प्रकाशित

कृष्णकला राई
इटहरी, वैशाख २० ।
इटहरीमा आज ३० जनामा गराइएको एन्टिजन टेस्टमा १३जनामा दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना पुष्टि भएको छ ।इटहरी अस्पतालका स्वास्थ्यकर्मी साथै अस्पताल इन्चार्ज रामकुमार धमलाले दिनुभएको जानकारी अनुसार आज ३० जनाले गराएको एन्टिजन टेस्टमा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । अहिलेसम्म २ सय ३७ जना कोरोना संक्रमित भएकामध्ये इटहरीमा ३ जना कोरोना संक्रमितहरुको भने मृत्यु भइसकेको छ । भोलिदेखी ज्वरोको लक्षण देखिएका साथै संक्रमितहरुको सम्पर्कमा आएका हरुको पिसिआर टेस्ट गराइने थप जानकारी स्वास्थ्यकर्मी धमलाले दिनुभयो ।

सम्बन्धित खवर

समाचार