Logo

जनकपुरधामसहित महोत्तरी जिल्लाभरि (मङ्गलवार)देखि निषेधाज्ञा जारी

प्रभात खबर २१ बैशाख २०७८, मंगलवार १२:१६ मा प्रकाशित

सत्येन्द्र यादव
महोत्तरी , वैशाख २१
जिल्ला प्रशासन कार्यालय महोत्तरीले कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै जनकपुरधामसहित जिल्लाभरि (मङ्गलवार)देखि निषेधाज्ञा आदेश जारी गरेको छ ।

कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले (मङ्गलवार) बिहान ६ बजेदेखि वैशाख ३१ गते मध्यरातसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेपछि दैनिक उपभोगका सामानहरू खरिद गर्नेको भिड लागेको छ ।
खाद्यान्न, किराना पसल तथा बैङ्क एवं वित्तीय संस्थाहरूमा पनि सर्वसाधारणको भिड बढेको छ ।
जनकपुरधामको बजार क्षेत्रमा सर्वसाधारणको चहल पहल बढेकाले थप कोरोना सङ्क्रमणको जोखिम पनि बढेको छ ।
मङ्गलवारदेखि निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू बन्द हुने भएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस कोभिड–१९ संक्रमणप्रति सतर्कता अपनाउन ९ दिनको लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्ला भरी निषेधाज्ञा जारी गर्न निर्णय गरेको छ ।

आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अगामी बुधवार वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जिल्ला भरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।
साथै, निषेधाज्ञा अवधिमा अतिआवश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै उलंघन गरे कारबाही हुने समेत चेतावनी दिएका छन् ।

सम्बन्धित खवर

समाचार