इटहरी, वैशाख २१ ।
इटहरी रङ्गशालामा पुनः सुचारु ह्ुन लागेको आइसोलेसन सेन्टरमा आज मंगलवार ४८ जनाको स्वाब संकलन गरिएको छ । इटहरी उपमहानगरपालिकाले व्यवस्थापन गरे अनुसार ४८ जनाको स्वाब संकलन गरि पिसिआर टेस्टका लागि विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र संकलित स्वाबको रिर्पोट आउन ४८ घण्टा लाग्ने आइसोलेशन सेन्टरमा खटिएका डाक्टर शिवकुमार झाले प्रभात खबरलाई जानकारी दिएका छन् ।
आज मंगलवारदेखि इटहरी अस्पतालमा पिसिआर परिक्षणका लागि स्वाब संकलन गर्ने जानकारी भएतापनि भोलि बुधवारदेखि गरिने डाक्टर झाले बताए ।हिजो ३० जनामा गराइएको एन्टिजन टेस्टमा १३जनामा दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना पुष्टि भएको थियो । अहिलेसम्म २ सय ३७ जना कोरोना संक्रमित भएकामध्ये इटहरीमा ३ जना कोरोना संक्रमितहरुको भने मृत्यु भइसकेको छ ।