Logo

सुनसरीमा बुधवारदेखि पूर्ण निषेधाज्ञा जारी हुनेः अत्यावश्यक पसलहरु विहान १० बजेसम्म मात्र खोल्न पाइने

प्रभात खबर २१ बैशाख २०७८, मंगलवार २१:१६ मा प्रकाशित

इटहरी, वैशाख २१।
सुनसरीमा भोली वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म थप कडाइका साथ निषेधाज्ञा जारी गरिएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीको आज डिसिसिएमसि बैठकले सुनसरी जिल्लाभरि कोरोना संक्रमितको संख्या तीव्र रुपले वृद्धि भइरहेको अवस्थालाई ध्यानमा राख्दै वैखाख ३१ गतेसम्म कडाइका साथ पूर्ण निषेधाज्ञा जारी गरिएको हो । । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय सुनसरीले यसअघिको निषेधाज्ञामा थप कडाइ गर्दै पूर्ण निषेधाज्ञा जारी गरेको हो ।

आजबाट जोर बिजोर प्रणालिमा संञ्चालन हुँदै आएको सवारीसाधनमा पूर्ण रूपमा रोक लगाउँदै २१ गते राती १२ बजेदेखि वैशाख ३१ गते रातीको १२ बजेसम्म पूर्णरुपले रोक लगाउने निर्णय गरेको छ ।तर महेन्द्र राजमार्ग हुँदै अन्य जिल्लाहरुबाट आएका सवारी साधनहरुमाथि भने कुनै रोक लगाउन नपाउने बैठकले निर्णय गरेको छ ।यस अघि ११ बजेसम्म संचालन गर्न दिएका अति आवश्यक सामाग्रीहरु जस्तै खाद्य सामाग्री, फलफूल, तरकारी, दुग्ध, इत्यादि का पसलहरु विहान १० बजेसम्म संचालन गर्न पाइने साथै जिल्लावासीहरुलाइ अति आवश्यक काम बाहेक घरबाट निस्कन नपाइने निर्णय आज बसेको डिसिसिएमसिको बैठकले निर्णय गरेको छ ।

सम्बन्धित खवर

समाचार