Logo

एटीएम मेसिन उपलब्ध नहँुदा चतरा वयरवनमा अान्तरिक र,बाह्य पर्यटकहरूलाई समस्या

प्रभात खबर २२ बैशाख २०७८, बुधबार १२:१६ मा प्रकाशित

हिमाल राई, बराहक्षेत्र ,वैशाख २२

बराहक्षेत्र नगरपालिका वार्ड नं १ र २ चतरा, वयरवन बजारमा पैसा निकाल्ने एटिएम मेसिन नहुँदा स्थानीय,आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई समस्या रहेको छ।
आन्तरिक तथा बाह्रय पर्यटक‌हरुलाई एक पटक पुग्नैपर्ने स्थानको रुपमा विकसित भइरहेको चतरा, वयरवन बजार धार्मिक, एेतिहासिक, साँस्कृतिक, आन्तरिक एवम् बाह्य पर्यटकहरु भित्र्याउन सक्ने ठाउँहरु वराहक्षेत्रमा प्रशस्तै रहेका छन्।
वराहक्षेत्र मन्दिर, औलिया बाबाको गद्दी मठ, छिनामस्ता मन्दिर, भवानी थान, सूर्यकुण्ड, चिया वारीमा स्ट्रोबेरी फर्म, कुम्भ मेला, कुम्भ स्तम्भ , हनुमानको मूर्ति, सप्तकोशिको नयाँ पुल, सप्तकोशिमा जेड वोट रिसोर्ट होटल सप्तकोशिमा राफ्टिङ इत्यादि पर्यटनका लागि पुग्नुपर्ने गन्तव्य बनेका छन् ।
मितेरी र सेन्चुरी २ वटा बैंक रहेको छ।आर्थिक कारोबार गर्ने अन्य वित्तीय संस्थाहरु चतरा सहकारी, डिप्रोक्स लधुवित, किसान कल्याण इत्यादि छन् भने सरकारी कार्यालयहरुमा, प्राथामिक स्वास्थ्य केन्द्र, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी वेस क्याम्प, १ र २ को वडा कार्यालय, सुनसरी मोरङ्ग सिचाइ कार्यालय, चतरा जलविद्युतको कार्यालय, इलाका हुलाक कार्यालय, वृहत् वराहक्षेत्र विकास, इलाका वन कार्यालय, वराहक्षेत्र ‌मन्दिर अस्थाइ प्रहरी चौकी रहेका छन्। एतिमात्र कहाँ हो र वराह आदर्श क्याम्पस व्यवस्थापन विषयको स्नातक सम्मको अध्ययन हुने साथै आदर्श मा.वि.औलिया मा.वि. तथा आधारभुत (१-८) र १ -५ लगायत सन्चालनमा धेरै विद्यालय रहेका छन् ।
स्थानीय , व्यापारिक वर्ग , कर्मचारीहरू , शिक्षकहरू, विधार्थीहरू, आन्तरिक साथै बाह्रय प्रर्यटकहरु संग एटिएम कार्ड भए पनि चतरा वयरवन बजारमा एटिएम उपलब्ध नहुँदा नहुँदा पैसा झिक्न, चक्रधटी, धरान वा इटहरी जाने गरेका छन्।
स्थानीय समाजसेवी, यूवा नेता दिपेश जङ्ग बस्नेतका अनुसार दैनिक हजारौं संख्यामा आन्तरिक,बाह्रय पर्यटकहरु चतरा वयरवन बजारमा भित्रिए पनि मितेरी र सेन्चुरीमा बैंक तथा आर्थिक कारोबार गर्ने अन्य संघ संस्थाहरुसंग एटिएम उपलब्ध नहुँदा आन्तरिक बाह्रय पर्यटकहरुले एटिएमबाट अावश्यक पर्ने जति रकम झिकेर बराहक्षेत्रमा खर्च गर्न सकिरहेका छैनन् ।एटिएम सुविधा नहुँदा मनोरञ्जन गर्न आउने आन्तरिक बाह्रय पर्यटकहरुले आफुसँग रहेको रकम खर्च गरेर धरान,इटहरी,भेरेटार तर्फ जाने गरेका छन् भन्दै , सेन्चुरी बैंकको प्रदेश प्रमुख दिपक पौडेलले सार्वजनिक कार्यक्रममा चाँडै एटिएम राखेर संचाालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेता पनि उनले हालसम्म प्रतिवद्धता पुरा नगरेको उनले बताए । साथै चाँडोभन्दा चाँडो एटिएम सञ्चालन ल्याउन सम्वन्धित निकायसंग बस्नेत आग्रह पनि गर्दछन् ।
त्यसैगरि ,उधोग वाणिज्य संघ अध्यक्ष रमेश विष्टले आन्तरिक बाह्रय प्रर्यटक सग एटिएम कार्डमा पैसा भए पनि एटिएम मेसिन नहुँदा पैसा निकालेर खर्च गर्न नपाइ मानिसहरू फर्किएको तितो यथार्थ बताए ।साथै साथीभई ,आफन्तजन, र अन्य मानिसहरूले एटिएम सुविधा वारेमा सोधपुछ गर्दा सुविधा उपलब्ध नभएको र बाध्य भएर चक्रधटी, धरान, इटहरी तर्फ जान अनुरोध गर्ने गरेको बिष्टले बताए ।
सेन्चुरी बैंक चतरा वयरवनका मेनेजर तिर्थ मणि काफ्ले सगं फोन सम्पर्क गर्दा एटिएम मेसिन बैंकसग मौज्दातमा रहेको तर एटिएम मेसिन राख्ने स्थान बनाउन स्थानीय ठेकदार व्यक्ति उपलब्ध नभएको र यथाशीघ्र चाँडै बनाइ एटिएम संचालन गर्ने उनले बताएका छन्।

सम्बन्धित खवर

समाचार