Logo

सुनसरी मोरङको सिमाना बुढीखोला पुलमा मानिसहरुको आवतजावत रोक्न प्रहरीलाई हम्मे

प्रभात खबर २२ बैशाख २०७८, बुधबार १३:१४ मा प्रकाशित

इटहरी , बैशाख २२
जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो वैशाख २१ गतेको मध्य रातदेखी वैशाख ३१ गते मध्यरातिसम्म लकडाउनको आदेश जारी गरेसँगै सीमाबाट प्रवेश गर्ने सबै सवारीसाधन तथा आवतजावतमा रोक लगाइएको छ ।
इटहरी इप्रका प्रमुख डीएसपी अर्जुन केसी आफै खटी सुरक्षामा कडाई गरेका थिए । इटहरीको सीमानामा पर्ने मोरङको बुढीखोला पुलबाट यातायात तथा मानिसहरुको आवतजावतमा पूर्ण रोक लगाइएता पनि पारीबाट आएको मानिसहरूको हुललाई नियन्त्रण गर्न खटिएका प्रहरीहरुलाई समेत हम्मे परेको थियो । इटहरी इप्रका प्रमुख डीएसपी अर्जुन केसीले बिहानको समयमा आवतजावत गर्ने भिडलाई नियन्त्रण गर्न गाह्रो भएतापनी अहिले आवतजावतमा धेरै हदसम्म नियन्त्रण गरिएको फोनसम्पर्कमा बताए।

सम्बन्धित खवर

समाचार