इटहरी, वैशाख २२ ।
इटहरी रङ्गशालामा पुनः सुचारु ह्ुन लागेको आइसोलेसन सेन्टरमा आज बुधबार ४६ जनाको स्वाव संकलन गरिएको छ । इटहरी उपमहानगरपालिकाले व्यवस्थापन गरे अनुसार ४६ जनाको स्वाब संकलन गरि पिसिआर टेस्टका लागि विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी ल्याब टेक्निशियन शैलेन्द्र भगतले दिनुभयो । दिनहुँदिन बड्दो कोरोना संक्रमणको व्यापक प्रभाव देखिए लगत्तै इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालामा आइसोलेसन सेन्टरको व्यवस्थापन तिव्र पारेको छ । स्वाव संकलनका लागि आइसोलेसनमा खटिएका ल्याब टेक्निसियन शैलेन्द्र भगतले दिनुभएको जानकारी अनुसर दिउँसो १ बजे देखि थालिएको स्वाव संकलन भर्खरे ३:३० मा सकिएको र परिक्षणका लागि बिराटनगर प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । इटहरी अस्पतालको समन्वयमा पिसिआर टेस्ट भैरहेको साथै धरान स्थित विपि क्याम्पमा पनि माग भएपछी टेस्टका लागि नमुना पठाइने इटहरी अस्पताल इन्चार्ज राम कुमार धमलाले जानकारी दिनुभयो ।