Logo

निषेधाज्ञाको पूर्ण उल्लंघन ः जनताको अज्ञानता वा प्रशासनको कमजोरी

प्रभात खबर २३ बैशाख २०७८, बिहीबार १२:१३ मा प्रकाशित

हिमाल राई, बराहक्षेत्र
वैशाख २३

शहर बजारको तुलनामा गाउँमा कोरोना संक्रमण अवस्था केही कम भए पनि भयावह हुने अवस्था भने छँदैछ। गाउँका स्थानिय वासिन्दाहरूको अटेरी र अज्ञानताका कारण गाउँ घर खुला हुँदै गएकाले कोरोनाको संक्रमणको जोखिम ःउच्च रहेको छ। कोरनाको दोस्रो लहर चले पछि सुनसरी जिल्लाले वैशाख १६ गते देखि २४ गते सम्म निषेधाज्ञा जारी गरेको र कोरोनाले विकराल रुप लिन सक्ने सम्भावना देखेपछि पुन ३१ गते सम्म पूर्ण रुपले निषेधाज्ञा जारी गरेको छ।

गाउँ घरमा ०७७ को लडाउनमा प्रहरी देख्दा भागाभाग हुने अवस्था थियो र घर वाहिर निस्कन जो कोही पनि डराउने अवस्था स्थानीय प्रसासन द्धारा सृर्जना गरेका थिए। तर हालको निषेधाज्ञामा, स्थानीय बासिन्दाहरुले मोटर साइकल, सिटी सफारी लगायत साधनहरु र पसल निर्भिक रुम सन्चालन गरीरहेको सहजै देख्न सकिन्छ ।प्रहरीहरु आउँदा पसल बन्द गर्ने र गएपछि पुनः दोकान पसल भिडभाड उस्तै देखिने गरेको छ।यसको अनुगमन कसैले ‌गर्ने


बराक्षेत्र स्थित वार्ड १ हाटखोलामा वर्षौ देखि सप्ताहिक रुपमा विहिवारे हाट बजार लाग्दै आए पनि अघिल्लो लकडाउन समयमा हाट पूर्ण रुपमा बन्द भएको थियो। तर हालको निषेधाज्ञामा भने पूर्ण रुपमा बन्द नरहेको कुरा स्थानीय विजय शर्माले बताए। जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्ण रुपले निषेधाज्ञा जारी गरे पनि जनताहरुलाई सेवा दिने नाममा कलकारखाना, व्यापार, व्यवसाय र सवारी साधनहरु निर्वाद रुपमा सञ्चालनमा आइरहेका छन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको लकडाउन र निषेधाज्ञालाई समेत उल्लंघन र वेवास्ता गर्दै केही वडाहरुमा झिसमिसे देखिने रातमा नपरुन्जेल सम्म तोकिएको मापदण्डको समेत ख्याल नगरी होटेल व्यवसाय यातायातका साधनहरु सञ्चालन गरि रहेका छन् । यसको अनुगमन कसले गर्ने होरु स्थानीय भद्रगोल खम्बूले प्रश्न गरे। गाँउ, टोल, वजारमा माइकिङ गर्दै नेपाल सरकारले जारी गरेको नियम कढाई र सचेततापूर्वक पालना गर्न स्थानीय सरकारले आग्रह गरिरहेको छ। तर पनि स्थानिय वासिन्दाहरुमा कोरोनाको कुनै डर नभएको, मास्कको प्रयोग र सामाजिक दुरी कायम नगरी भिडभाड हुने गरेको देखिन्छ । स्थानिय डम्बर कार्कि भन्छन् ,अज्ञानताले हो की अटेरिपनले होरु
नगरपालिका र उद्योग वाणिज्य सङ्घको भूमिका स्पष्ट नभएको स्थानियको गुनासो छ। नेपाल सरकारले लागू गरेको मापदण्डलाई लागु गराउन संघ तथा स्थानिय सरकारको भूमिका महत्वपुर्ण हुनु पर्ने , सरकारले जारी गरेको मापदण्ड अनुसार पसल व्यवसाय संचालन भएका छन् कि छैनन्, अनुगमन र निर्देशन गर्नुपर्छ कि पर्दैनरु भनी स्थानिय युवा नेता दिपेश बस्नेत ले आक्रोश पोखे।
उदयपुर जिल्लालाई सुनसरी जिल्लासंग जोड्ने सप्तकोशी नदीको नयाँ पुललाई स्थानीय प्रशासनले संवेदनशील क्षेत्रको रुपमा राखी निगरानी तथा यातायात संचालनमा कडाइ गर्नुपर्ने स्थानीयको भनाइ छ।

सम्बन्धित खवर

समाचार