Logo

कोभिड इटहरी ः…..पहिलो पिसिआर टेस्टबाट इटहरीका १८ जनामा कोरोना संक्रमणको पुष्टि

प्रभात खबर २३ बैशाख २०७८, बिहीबार १५:४३ मा प्रकाशित

कृष्णकला राई
इटहरी, वैशाख२३
इटहरीका १८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । वैशाख २१ गते मंगलवार ४८ जनाको पिसिआर टेस्टका लागि स्वाब संकलन गरि विराटनगर प्रदेश प्रयोगशालामा पठाइएको र सोको आज विहिवार वैशाख २३ गते प्राप्त परिक्षण रिर्पोटका अनुसार १८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको इटहरी आइसोलेसनका ल्याब टेक्निसियन शैलेन्द्र भगतले जानकारी दिनुभएको छ ।

कोरोना संक्रमणको पुष्टि भएका वडा नं १ बाट २ जना, वडा नं. २ बाट १ जना, वडा नं. ३ बाट १ जना, वडा नं. ४ बाट ५ जना, वडा नं. ५ बाट ४ जना, वडा नं. ६ बाट १ जना, वडा नं. १३ बाट १ जना, वडा नं. १४ बाट २ जना, र एक जना(नखुलेको) रहेका छन् ।

अहिलेसम्म इटहरीमा ५८६ जनाको एन्टिजेन टेस्ट भइसकेको छ भने पिसिआर टेस्टका लागि अहिलेसम्म १३७ जनाबाट स्वाब संकलन गरिएको छ । त्यसै गरि आज विहीवार पनि ४३ जनाले पिसिआर टेस्टका लागि स्वाब दिएको जानकारी ल्याब टेक्निसियन शैलेन्द्र भगत ले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

समाचार