Logo

कोरोना संक्रमणका कारण सप्तकोशी नदीमा जेटबोट संचालन बंद

प्रभात खबर २४ बैशाख २०७८, शुक्रबार ०८:२४ मा प्रकाशित

हिमाल राई
बराहक्षेत्र, वैशाख २४
सप्तकोशी नदीमा संचालित पानी जहाज संचालन गर्दा कोरोना संक्रमण फैलन सक्ने आसङ्कामा स्थानीय प्रशासन र सन्चालक द्वारा वन्द गरिएको छ । सप्तकोशी नदीमा बराहक्षेत्र जल यातायत तथा पर्यटन सेवा प्रा.लि., नेपाल रिभर ट्रान्सपोर्ट प्रा .लि. बराहक्षेत्र मरिन एण्ड रिर्सोट्स प्रा.लि. र सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रा .लि.का गरी ७ वटा पानीजहाज दैनिक रुपमा सञ्चालन हुँदै आएको थियो ।
बराहक्षेत्र नगरपालिका वार्ड नं १ चतराबाट सप्तकोशी नदिबाट स्थानीय, आन्तरिक, तथा बाह्रय पर्यटकहरु जल विहार आनन्द लिदै उदयपुर, भोजपुर तथा धनकुटाको सीमाना सिम्मेसम्म जेट बोट सञ्चालन हुँदै आएको थियो।

बराह मरीन एण्ड रिर्सोट प्रा।लि. संचालक नविन पौडेलले स्थानीय, आन्तरिक बाह्रय पर्यटकहरुले सप्तकोशि जल विहार आनन्द लिदै किरातीहरुको धार्मिक आस्था र धरोहर केन्द्रको रुपमा रहेको चर्चित स्थल खुवालुङ दृश्य अवलोकन, अरुण,तमोर तथा दुधकोशी संगमस्थल त्रिवेणी सम्म पुग्न सकिने बताए तर अहिले भने कोरोनाको दोस्रो लहर चलेपछि स्थानीय प्रशासनको आग्रह स्वीकार गर्दै आफुहरुले सन्चालनमा ल्याएको पानी जहाजहरू केही समयका लागि बन्द गर्नाले स्थानीय,आन्तरिक बाह्रय पर्यटकहरुलाई केही समयका लागि सेवा सुविधा उपलब्ध गराउन नसकिने जानकारी गराए।


सप्तकोशीमा नदीमा‌ ३ वटा सिटका तिन ,आठ सिटका दुई, ७० सिटको एक र १८ सिटको एक गरी सात पानीजहाज दैनिक रुपमा सञ्चालन हुँदै आएका छन् । स्थानीय दिनेश खम्बूले राज्यले जेडबोटमा निश्चित भाडा दर नतोकि दिंदा व्यवसायीहरुले आफु खुसी तथा मनोमानी तरिकाले भाडा लिइ रहेको बताउँदै सम्बन्धित सरोकारवाला निकायको यस वारेमा ध्यान आकर्षण गराएका छन् ।

सम्बन्धित खवर

समाचार