Logo

कोभिड इटहरी ः दोस्रो पिसिआर टेस्टको नतिजा अनुसार ४६ मध्ये ३२ जनामा कोरोना संक्रमणको पुष्टि, थप एक जना गरि ४जना संक्रमितहरुको मृत्यु

प्रभात खबर २४ बैशाख २०७८, शुक्रबार १६:३६ मा प्रकाशित

कृष्णकला राई
इटहरी, वैशाख २४
वैशाख २२ गते पिसिआर टेस्टका लागि दोस्रो पटक संकलित स्वाब परिक्षणका रिर्पाेट अनुसार ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । दोस्रो दिनको संकलित स्वाब टेस्टको आज वैशाख २४ गते प्राप्त रिर्पाेट अनुसार १७ पुरुष र १५ महिलाहरुमा कोरोना संक्रमणको पुष्टि भएको जानकारी इटहरी आइसोलेसनमा कार्यरत ल्याब टेक्निसियन शेलेन्द्र भगतले दिनुभयो ।
ल्याब टेक्निसियन भगतका अनुसार वडा नं. २ बाट २, वडा नं ३बाट १, वडा नं. ४ बाट ७ , वडा नं ५ बाट १०, वडा नं. ६ बाट १, वडा नं. ७ बाट १, वडा नं. ८ बाट ६, वडा नं ९ बाट १, वडा नं. १४ बाट १, वडा नं. १७बाट १ र वडा नं. २० बाट १ जना गरि जम्मा संक्रमितहरुको संख्या ३२ रहेको छ ।
पहिलो र दोस्रो पटकको पिसिआर टेस्टको रिर्पोट अनुसार (पहिलो ४८ जना मध्येबाट १८ र दोस्रो ४६ जनामध्येबाट ३२)अहिलेसम्म ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।२०७७ चैत्र १ गतेदेखि २०७८ वैखाख २० गतेसम्म ३५० जनाले एन्टिजेन टेस्ट गराएका थिए , जसमा पुरुषको संख्या २७३ र महिलाको संख्या ७७ रहेको थियो । एन्टिजेन टेस्टबाट ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो, जसमा ४३ जना पुरुष र २८ जना महिला रहेका थिए । यसरी एन्टिजन टेस्ट र दुई पटकको पिसिआर टेस्टको नतिजा अनुसार अहिले इटहरीमा कोरोना संक्रमितको संख्या १२१ जना पुगेको छ । १२१ जनामध्ये पुरुषको संख्या ७१ र महिलाको संख्या ५० रहेको छ ।

नगर जनस्वास्थ्य शाखाबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म कोरोना संक्रमणको कारण ४ जना जना संक्रमितहरुको मृत्यु भइसकेको छ । त्यसैगरि आज वैशाख २४ गते ४औं पटकको पिसिआर टेस्टका लागि ४१ जनाको स्वाब संकलन गरिएको छ , जसमध्ये पिसिआर टेस्ट गराउनेहरुमा पुरुषको संख्या २७ र महिलाको संख्या १४ रहेको जानकारी ल्याब टेक्निसियन शेलेन्द्र भगतले दिनुभयो ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार