Logo

इटहरी कोभिड ः आजसम्म इटहरीमा १२१ जनामा कोरोना पुष्टि, ४ जना संक्रमितको मृत्यु

प्रभात खबर २४ बैशाख २०७८, शुक्रबार १८:३९ मा प्रकाशित

कृष्ण कला राई
वैशाख २४
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । इटहरीमा पनि दिनहुँ कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भइरहेको प्राप्त तथ्यांकले देखाउँछ । कोरोनाको दोस्रो लहर शुरुआत भएसंग इटहरीमा पनि संक्रमण बढेको देखिन्छ । २०७७ चैत्र १ गतेदेखि २०७८ वैखाख २० गतेसम्म इटहरीमा ३५० जनाले एन्टिजेन टेस्ट गराए , जसमा पुरुषको संख्या २७३ र महिलाको संख्या ७७ रहेको छ । एन्टिजेन टेस्टबाट ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो, जसमा ४३ जना पुरुष र २८ जना महिला संक्रमित रहेका थिए । त्यसै गरि आज वैशाख २४ गतेसम्म १७८ जनाले पिसिआर टेस्ट गराएका छन् । आज वैशाख २४ गतेसम्म पहिलो र दोस्रो पिसिआर टेस्टको प्राप्त नतिजा अनुसार ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यसरी एन्टिजन टेस्ट र दुई पटकको पिसिआर टेस्टको नतिजा अनुसार अहिले इटहरीमा कोरोना संक्रमितको संख्या १२१ जना पुगेको छ । १२१ जनामध्ये पुरुषको संख्या ७१ र महिलाको संख्या ५० रहेको छ ।

त्यसैगरि, नगर जनस्वास्थ्य शाखाबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म कोरोना संक्रमणको कारण ४ जना जना संक्रमितको मृत्यु भइसकेको छ ।
इटहरी आइसोलेसनमा कार्यरत ल्याब टेक्निसियन शैलेन्द्र भगतले दिनुभएको जानकारी अनुसार इटहरीका २० वटा वडाहरुमध्येबाट सबैभन्दा बढी संक्रमण वडा ४ र ५ मा देखिएको छ । आजसम्मको पिसिआर टेस्टको रिर्पाट अनुसार वडा नं ४ मा १२ जना र वडा नं. ५ मा १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार