Logo

ग्रामीण पत्रकार समुहद्वारा बराहक्षेत्रका पत्रकारहरुलाई माक्स तथा सेनिटाइजर वितरण

प्रभात खबर २४ बैशाख २०७८, शुक्रबार १९:३६ मा प्रकाशित

कृष्णकला राई
वैशाख २४।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा ग्रामीण पत्रकार समुह बराहक्षेत्रले पत्रकारहरुलाई माक्स तथा सेनिटाइजर उपलब्ध गराएका छन् । समुहका अध्यक्ष हिरण्य कार्कीले कोराना दोस्रो लहर चलेपछि बराहक्षेत्र नगरपालिका भित्र रहेर पत्रकारिता पेशामा कृयासिल रहेका पत्रकारहरुलाई कोरानाबाट वचेर समाचार संकलन गर्न सहयोग पुगोस भन्ने उद्देश्यले माक्स तथा सेनिटाइटर उपलब्ध गराएको जानकारी गराए । बराहक्षेत्र नगरपालिका वडा नं १ तथा २ कृयासिलमा पत्रकारहरु हिमाल राई, सन्तोष गुप्ता, भिषण राई, विजय राईलाई माक्स तथा सेनिटाइजर उपलब्ध गराएका हुन। वराहक्षेत्र नगरपालिका वडा नं २ वयरवन बजारमा रहेर सशस्त्र द्धन्द्धकालदेखि हालसम्म दुई दशक देखी वराहक्षेत्रमा रहेर पत्रकारिता कृयाशिल ग्रामीण पत्रकार संस्थापक अध्यक्ष पत्रकार हिमाल राईलाई माक्स तथा सेनिटाइजर उपलब्ध गराएको र बराहक्षेत्र नगरपालिका भित्र रहेर पत्रकारिता पेशामा आवद्ध अन्य २० जना पत्रकारहरुलाई माक्स तथा सेनिटाइजर उपलब्ध गराउने कार्कीले बताए।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार