Logo

इटहरी कोविड : थप दुई जनामा कोरोना संक्रमणको पुष्टि , २६ जनाको पिसिअार टेस्टका लमगि स्वाब संकलन

प्रभात खबर २५ बैशाख २०७८, शनिबार १५:२९ मा प्रकाशित

कृष्ण कला राई
इटहरी , वैशाख २५।
इटहरी रङ्गशालामा पुनः संचालित आइसोलेसन सेन्टरमा आज शनिबार वैशाख २५ गते २६जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलनका लागि आइसोलेसनमा खटिएका ल्याब टेक्निसियन शैलेन्द्र भगतले दिनुभएको जानकारी अनुसार अाज गरिएको स्वाब संकलनमा ११ जना पुरूष र १५ जना महिला रहेका थिए । त्यसै गरि ल्याब टेक्निसियन शैलेन्द्र भगतका अनुसार , अाज नै थप दुई जनाले ( १ महिला र १ पुरूष) एन्टिजेन टेस्ट गराएका थिए र दुवै जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार