Logo

बराहक्षेत्र नगरपालिका वासिन्दाहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा तथा राहत सामग्री उपलब्ध गराउने घोषणा

प्रभात खबर २६ बैशाख २०७८, आईतवार ०४:३४ मा प्रकाशित

हिमाल राई वराहक्षेत्र, सुनसरी

बराहक्षेत्र नगर पालिका वासीहरुलाई लक्षित गर्दै”वीरमाया स्मृति फाउन्डेसनले”निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेको छ।
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा मानिसहरू संक्रमीत भइरहेको अवस्थामा
बराहक्षेत्र र बराह नगर पालिका भित्र निम्न आयश्रोत भएका अति विपन्न,असहाय,अशक्त गरीब दुखिदहरूलाई लक्षित गरी कोरोना तथा अन्य बिरामीहरूलाई आवश्यक परेको समयमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने “वीरमाया स्मृति फउण्डेशनका” अध्यक्ष तथा सामाजिक अभियन्ता मनोज तामाङले जानकारी दिए।
बराहक्षेत्र नगर पालिका वडा नं १ देखि ११ सम्मका बासिन्दाहरुले यो सेवा,सुबिधा लिन सकिने बताउँदै यो संकटकालिन समयमा गरीव,दुखि असक्त असहायहरुले अस्पताल पुग्न नपाई अकालमा मृत्यु वरण गर्नु नपरोस भन्ने उद्देश्यले”विरमाया स्मृति फाउन्डेसनले” यो सेवा सुविधा उपलब्ध गराएको जानकारी दिनुभयो ।
एम्बुलेन्स सेवा सुविधा लिन चाहने व्यक्ति तथा विरामीहरुले एम्बुलेन्स प्रयोग गरे वापत तिर्नुपर्ने पर्ने रकम फाउन्डेसनले स्वयमले ब्यहोर्ने कुरा जानकारी गराए। विरमाया स्मृति फाउन्डेसन स्वर्गीय अामा विरमाया तामाङको स्मृतिमा छोराहरू मनोज तथा सुवासहरु तामाङले स्थापना गरेको विशुद्ध सामाजिक संस्था हो।
एम्बुलेन्स सेवा सुविधा लिन निम्न फोन नम्बर सम्पर्क गर्न सकिन्छ कालाबंजर 9812366777 , उधोग वाणिज्य संघ 9842242453, जनहित 9842230969 , जेसिस 986236550 तथा सुनसरी जिल्लाभित्र रहेका एम्बुलेन्सहरु सहकार्य गरी यो सेवा सुबिधा लिन सकिने फउण्डेशनले जानकारी गराएको छ।
कोरनाको महामारी एम्बुलेन्स सेवा सुविधा उपलब्ध गराए सगसँगै केही समयमा पछि अग्रपङ्गतिमा रहेर दिन रात देश,जनता,राष्ट्रि,राष्ट्रियता लागि अवोरातरत खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक,पत्रकार, स्वास्थ्यकर्मीहरूलाई आवस्यक स्वास्थ्य सामाग्री तथा निषेधाज्ञाबाट अति प्रभावित मजदुर,विपन्न परिवार,अशक्त असहायहरूलाई खाद्यान्न, माक्स,सेनिटाइज,सावुन लगाएत सामाग्रीहरु उपलब्ध गराउने कुरा अध्यक्ष मनोज तामाङले जानकारी दिनुभयो । यसका साथै कसैको घरमा खाध्यान्न नभएर चुलामा अागो नबले आगो बाल्ने तथा समस्या समाधान गर्न लागि परेकाो र साथ सहयोग अपक्षा गर्दै आपत विपतमा सम्पर्क गर्न आग्रह समेत गर्नुभयो ।
अध्यक्ष मनोज तामाङ ९८१७३४०२९४ र उपाध्यक्ष सुवास तामाङ ९८४२३७२२३३”विरमाया स्मृति फाउण्डेशन”बराहक्षेत्र सुनसरी।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार