Logo

कोभिड इटहरी ः इटहरीमा बढ्दैछ कोरोना संक्रमण, पिसिआर टेस्टको नतिजा अनुसार थप २३ जनामा कोरोना संक्रमणको पुष्टि

प्रभात खबर २६ बैशाख २०७८, आईतवार १६:५३ मा प्रकाशित

कृष्णकला राई
इटहरी, वैशाख २६
वैशाख २३ गते पिसिआर टेस्टका लागि ४३जनाको संकलित स्वाब परिक्षणका रिर्पाेट अनुसार २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज वैशाख २६ गते प्राप्त नतिजा अनुसार ४३ मध्ये २३ जना जसमध्ये ११ पुरुष र १२ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी इटहरी रंगशालामा कार्यरत ल्याब टेक्निसियन शेलेन्द्र भगतले दिनुभयो ।
वडा नं. २ बाट ४ जना, वडा नं. ३ बाट १ जना, वडा नं. ४ बाट २, वडा नं. ५ बाट २, वडा नं. ६बाट ४, वडा नं. ८ बाट २, वडा नं. ९ बाट ५, वडा नं. १२ बाट २ र एक जना विराटनगर ३ बाट रहेका छन् । त्यसै गरि आज वैशाख ४७ जनाको पिसिआर टेस्टका लागि स्वाब संकलन गरिएको जसमध्ये २७ जना पुरुष र २० जना महिलाहरुले नमुना दिएका छन् । र आज नै एक जनाको गराइएको एन्टिजेन टेस्टले (महिला)कोरोना संक्रमण देखाएको छ ।
यसरी अहिलेसम्म पिसिआर टेस्टको नजिताअनुसार इटहरीमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । भने जम्मा संख्या १४५ पुगेको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार