कृष्णकला राई
इटहरी, वैशाख २६।
भर्खरे प्राप्त सूचना अनुसार इटहरी वडा नं. ८ निवासी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हिजो राती उपचारको क्रममा नोबेल अस्पतालमा इटहरी वडा नं. ८ निवासी ५५ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य शाखा इटहरी उपमहानगरपालिकाले जानकारी गराएको हो ।कोरोना संक्रमणका कारण महिलाको मृत्यु भएपछि, इटहरी वडा नं.८ कार्यलयले बिजुली आफिस वरिपरिको क्षेत्र वैशाख २९ गतेसम्मका लागि सिल गरेको सूचना सार्वजनिक गरेको छ । इटहरयसरी प्राप्त सूचना अनुसार इटहरीमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भइसकेको छ ।