Logo

इटहरी कोभिडः बढदैछ कोरोना इटहरीमा , एकै दिन कोरोना संक्रमितको संख्या पुग्यो ६३

प्रभात खबर २६ बैशाख २०७८, आईतवार २२:४९ मा प्रकाशित

कृष्ण कला राई
इटहरी, बैशाख २६
एकै दिन इटहरीमा कोरोना संक्रमितको संख्या ६३ पुगेको छ । वैशाख २३ गते र वैशाख २४ गते पिसिआर टेस्टका लागि संकलित स्वाबको भर्खरै प्राप्त नतिजा अनुसार कोरोना संक्रमितको संख्या ६३ पुगेको हो । इटहरी आइसोलेसनमा कार्यरत ल्याब टेक्निसियन शैलेन्द्र भगतले दिनुभएको जानकारी अनुसार पिसिआर टेस्टको नतिजाले वैशाख २३ गतेको संकलित ४३ जनाको स्वाब परिक्षणबाट २३ जनामा, र वैशाख २४ गतेको संकलित ४१ जनाको स्वाब परिक्षणबाट ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

भर्खरै प्राप्त ४० को नतिजाले पुरुष संक्रमितको संख्या २६ र महिला संक्रमितको संख्या १४ रहेको छ । वडा नं. १ बाट १ जना। वडा नं. २ बाट १ जना, वडा नं. ३ बाट जना, वडा नं. ४ बाट ७ जना, वडा नं. ५ बाट ६ जना, वडा नं. ६ बाट ३ जना, वडा नं. ८बाट ९ जना, वडानं. ९बाट ५ जना, वडा नं. ११ बाट १ जना, वडा नं. १४ बाट १ जना, वडा नं. १७ बाट १ जना , वडा नं. २० बाट १ जना र इप्रका बाट २ जना रहेका छन् ।यसरी आजसम्म इटहरीमा कोरोना संक्रमितको संख्या १८४ पुगेको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार