हिमाल राई,
बराहक्षेत्र, वैशाख २६
सुनसरी बराहक्षेत्र नगरपालिका आइसोलेसनमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।। बराहक्षेत्र नगर पालिकाले सप्तकोशी बहुमुखी क्याम्पस चक्रधटीमा संचालन गरेको ५० बेडको आइसोलेसन सेन्टरमा उपचारर्थ बराहक्षेत्र वडा नं १० का उपेन्द्र बस्नेत वर्ष ७२ को कोराना पोजेटिभ बिरामीको मृत्यु भएको कुरा स्वास्थ्य शाखाका अहेव प्रमोद यादवले जानकारी दिँदै नगरपालिका भित्र ३३ जना कोराना पोजेटिभ विरामी रहेको समेत जानकारी गराउनु भयो । यस अघि बराहक्षेत्र नगर पालिका वडा नं ७ कि दिलमाया तामाङको कोरना संक्रमणकै कारण मृत्यु भइसकेको छ।