Logo

कोभिड इटहरी ः इटहरी आइसोलेसन दुई दिनभित्रै सञ्चालनमा आउँछ –मेयर चौधरी

प्रभात खबर २७ बैशाख २०७८, सोमबार २०:२२ मा प्रकाशित

कृष्णकला राई
इटहरी, वैशाख २७
इटहरीमा आइसोलेसन को तयारीले तीव्र रुप लिएको छ । कोरोना संक्रमणको दोस्रो लहरले उपमहानगरवासीलाई समेत आतंकित पार्न थालेपछि भेण्टिलेटरसहितको आइसोलेसन व्यवस्थापन कार्यले तीव्र रुप लिइरहेको छ । इटहरी उपमहानगरपालिकाले गत सालदेखी संचालन गरेको इटरी आइसोलेसन सेन्टर अब दुई दिनभित्र कोभिड संक्रमितहरुलाई राखी संचालनमा ल्याउने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले प्रभात खबरलाई जानकारी गराउनु भयो । इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाबाट आजसम्मको प्राप्त जानकारी अनुसार इटहरीमा ७ जना संक्रमितहरुको मृत्यु भइसकेको, ५२९ जना कोभिड संक्रमित र १४ दिन कटिसकेका ८२ जना रहेका छन् । इटहरीमा संक्रमितहरुको ज्यान जोगाउन जनप्रतिनिधिहरुको हरप्रयास रहेको साथै स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु, र सुरक्षाकर्मीहरु लगायत हरेक नगरवासीले उपमहानगरको कोभिड व्यावस्थापन योजनामा साथ सहयोग दिनुपर्ने मेयर चौधरीले बताउनु भयो ।


कार्यकक्षमा   प्रभात खवर र मकालु टुडे डटकमका पत्रकारहरुसंग कुरा गर्दै मेयर चौधरीले गत साल भएको अभ्यासलाई ख्याल गर्दै संक्रमितलाई उच्चतम सेवा दिइने साथै बस्ने कोठा, भोजनको व्यवस्था, भोजनको व्यवस्था, औषधी उपचार, हेरचार, सरसफाई लगायतका कुरामा आवश्यक जनशक्ति परिचालन गरिएको र सार्वजनिक खरिद र आपूर्ति व्यवस्थाको लागि ऐनकानुन अनुसार जानुपर्ने प्रक्रिया पुरा गरि छिटै अबको दुई दिनभित्रम आइसोलेसन संचालनमा आउने जानकारी गराउनु भयो । त्यसैगरि, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद सुबेदीले आइसोलेसनको तयारी लगभग सम्पन्न हुन लागेको बताउनु भयो । गत साल उद्योगबाणिज्य संघको सहयोगम खाना व्यवस्थापन गराइएको थियो तर यसपटक भने पारदर्शीता ल्याउनका लागि उचित मापदण्ड अपनाई उपमहानगर स्वमंले जनशक्ति र स्रोत परिचालन गर्ने प्रशासकीय अधिकृत सुर्यप्रसाद सुवेदीले जनकारी दिनुभयो ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार