Logo

कोभिड इटहरी ः अक्सिजनसहितको ४० शैंयाको आइसोलेसन तयारीको पहल

प्रभात खबर २७ बैशाख २०७८, सोमबार २१:२४ मा प्रकाशित

कृष्णकला राई
इटहरी, वैशाख २७।

इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको हो । उद्योग बाणिज्य संघ इटहरीको नेतृत्व तथा नेपाल प्रेस युनियन सुनसरी र युवा उद्यमी मञ्च सुनसरीको सहकार्यमा ४० शैंयाको आइसोलेसन तयार गरिने भएको हो । उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले इटहरीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या वृद्धि भएपछि आफूहरुले खाना, बस्न तथा अक्सिजनसहितको निःशुल्क ४० बेडको आइसोलेसन तयार गर्न सुरु गरिएको र केहीदिनमै सञ्चालनमा आउने जानकारी दिनुभयो । आइसोलेसन सेन्टरमा आर्थिक रुपले कमजोर कोरोना संक्रमितलाई निःशुल्क खाना, र उपचारसहित राखिने अध्यक्ष पौडेलले बताउनुभयो ।


सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, प्रहरी प्रमुख एस.पी. कमल थापा, सशस्त्र प्रहरी बल सुनसरीका एस.पी. माधव पौडेलको टोलीले पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनको आज वैशाख २७ गते अनुगमन गरेका थिए । प्रमुख जिल्ला अधिकारी ढकालले पहिलो पटक संस्थाहरुको पहलमा आइसोलेसनको तयारी गर्नु राम्रो पक्ष भएकोले संचालनका लागि अनुमति दिने बताउनु भयो ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लामा रहेर अग्रभागमा खटिने पत्रकारहरुमा पनि कोरोनाको जोखिम रहेका कारण उवासंघ सँगको सहकार्यमा आइसोलेसन निर्माणका लागि आप्mनो युनियनले सहकार्य गरेको बताउनुभयो ।

गत वर्ष जिल्लाका पत्रकारहरुमा कोरोना बीमाले आर्थिक र मानसिक सहयोग पु¥याएको र यसपटक पनि यो आइसोलेसन पत्रकारहरुका लागि पनि लक्षित गरि संचालन गर्न लागेको नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष अधिकारीले प्रभात खबरलाई जानकारी दिनुभयो । आइसोलेसन संचालनका लागि उवा संघ इटहरीका अध्यक्ष भीम पौडेलको अध्यक्षतामा, वस्तुगत सदस्यहरुको सहभागितामा कमिटि निर्माण भइसकेको छ र छिटै ४० शैयाका आइसोलेसन संचालनमा आउने थप जानकारी प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले दिनुभयो । यसै संगै इटहरीमा ९० शैयाको आइसोलेसन संचालन हुनेछ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार