Logo

बराहक्षेत्रमा कोरोना संक्रमण बढ्दै ः अक्सिजन सिलेण्डरको अभाव

प्रभात खबर २८ बैशाख २०७८, मंगलवार ११:१९ मा प्रकाशित

हिमाल राई
बराहक्षेत्र, वैशाख २८
बराहक्षेत्र नगरपालिका भित्र कोरोना पोजेटिभ बिरामीहरुको उपचार गर्ने स्वास्थ्य केन्द्रहरुमा पर्याप्त मात्रामा अक्सिजन नरहेको कुरा थाहा भएको छ। स्वास्थ्य शाखाका अनुसार नगर पालिका भित्र ४४ जना कोरोना पोजेटिभ बिरामी देखिएता पनि व्यक्तिगत रुपमा आफै निजि अस्पताल पुगेर स्वाब परीक्षण गर्ने पोजेटिभ विरामीहरु‌ सम्पर्कमा नआई होम आइसुलेसन बस्नेहरुको एकिन सख्या भने छैन।
कोभिड १९ संक्रमित संख्या दिन प्रतिदिन वृद्धि भए पछि बराह नगरले सप्तकोशी बहुमुखी क्याम्पस चक्रधटीमा ५० बेडको आइसुलेसन सन्चालनमा ल्याएको छ।


हाल सम्म २ पुरुष तथा १ महिला उपचार्थ रहेका छन्। स्वास्थ्यकर्मी प्रमोद यादवले अक्सिजन लगाउनु पर्ने पोजेटिभ विरामी थपिएमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको र १७ वटा मात्र अक्सिजन सिलिन्डर रहेको जानकारी दिनुभयो ।
बराहक्षेत्र नगरपालिका भित्र कोरोना संक्रमित वडा नं ७ कि दिल माया तामाङ बडा न १० को उपेन्द्र बस्नेत मृत्यु तथा नं ११ अमोल देवि मुखिया मृत्यु भएसकेको छ।
डाक्टर सिलु‌‌ अर्यालका अनुसार बराह नगर अस्पतालमा ७ बेड सन्चालनमा रहेको र दुइ वटा अक्सिजन सिलिन्डर सहित दुई जना डाक्टर तथा अन्य ११ जना स्वास्थ्यकर्मीहरुले सेवा सुविधा दिदै आइरहेको बताउनु भयो । त्यसै गरि नगर अस्पतालको आफनो एम्बुलेन्सको नभएको कारण विरामीहरुलाई एम्बुलेन्सको सेवा सुविधा दिन नसकि रहेको जानकारी समेत गराउनु भयो ।

प्राथामिक स्वास्थ्य केन्द्र चतरामा कार्यरत डाक्टर अनिल गिरीका अनुसार २ जना डाक्टर तथा अन्य ३५ जना स्वास्थ्यकर्मी को उपस्थितिमा १० बेड सन्चालन रहेको र साना ठुला गरी ७ वटा अक्सिजन सिलिन्डर मात्र रहेको बताउनु भयो । बराहक्षेत्र नगर पालिका भित्र नगर अस्पताल १ प्राथामिक स्वास्थ्य केन्द्र चतरा,मधुवन गरी २ वटा,स्वास्थ्य चौकी ३ वटा,सामुदायिक इकाइ ३ वटा आधारभुत स्वास्थ्य केन्द्र ४ वटा जम्मा १३ रहेको छन।

स्थानीय समाजसेवी तथा युवा नेता दिपेश जङ्ग बस्नेतले बराहक्षेत्र नगर पालिका वार्ड नं १ चतरामा कृष्ण दासको भवन र बराह बहुमुखी क्याम्पसमा अस्थाइ रुपमा आइसुलेसन बनाउने खर्चले कुनै पनि स्वास्थ्य केन्द्रहरुमा लगानी गरेर दिर्घकालिन रुपमा प्रयोगमा ल्याउन सक्ने अस्पतालको दिगो सोच नगरले राख्नुपर्ने बताउनुभयो।
वराहक्षेत्र नगरपालिका मेयर निलम खनाल र प्रशासकियअधिकृत राजेश प्रसाद पोखरेलले चढने सरकारी गाडी विरामी बोक्न लागि एम्बुलेन्सको रुपमा प्रयोग ल्याईएको छ।वराहक्षेत्र नगरपालिका भित्र विभिन्न सध सस्थाहरुको ५ वटा एम्बुलेन्स रहेको छ तर नगरपालिकाले भने अहिलेसम्म कुनैपनि एम्बुलेन्स खरिद गरेको छैन ।यस प्रकार दिनहुँ बराहक्षेत्र नगर पालिका भित्र कोरना संक्रमिततको सख्याको वृद्धिदर हेर्न हो भोलि भयावह अवस्थामा सृजना नहोला भन्न सकिन्न । सम्बन्धित सरोकारवाला निकायहरुले अक्सिजन उत्पादन गर्ने तथा स्वास्थ्य सामाग्री तर्फ ध्यान पुर्याउनु पर्ने जरुरी देखिन्छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार