Logo

इटहरी कोभिडः दिनहुँ बढ्दैछ कोरोना संक्रमण इटहरीमा , ४७ मध्ये ४२ जनामा कोरोना संक्रमण

प्रभात खबर २८ बैशाख २०७८, मंगलवार १७:३१ मा प्रकाशित

कृष्ण कला राई
इटहरी, बैशाख २८
वैशाख २६ गते संकलित स्वाबको भर्खरै प्राप्त नतिजा अनुसार ४७ मध्ये ४२ जनामा कोरोना संक्रमण देखिएको छ । इटहरी आइसोलेसनमा कार्यरत ल्याब टेक्निसियन शैलेन्द्र भगतले उपलब्ध गराउनु भएको जानकारी अनुसार पिसिआर टेस्टको नतिजाले वैशाख २६ गतेको संकलित ४७ जनाको स्वाब परिक्षणबाट ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।


वडा नं. १ बाट २, वडा नं. २ बाट ११, वडा नं. ३ बाट १, वडा नं. ४ बाट ७ वडा नं. ५ बाट ५, वडा नं. ६ बाट ३, वडा नं. ७ बाट १, वडा नं. ८ बाट ३ , वडा नं. ९ बाट ६, वडा नं. ११ बाट १, वडा नं. १४ बाट १, वडा नखुलेको बाट १ जना गरि जम्मा ४२ जनामा वैशाख २६ गतेको संकलित स्वाबको पिसिआर टेस्टबाट कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्यसै गरि ल्याब टेक्निसियन शैलेन्द्र भगतले दिनुभएको जानकारी अनुसार आज ८ पुरुष र ७ महिला गरि जम्मा १५ जनाले गराएको एन्टिजेन टेस्टले ४ पुरुष र ४ महिला गरि जम्मा ८ जनामा समेत कोरोना संक्रमण देखाएको छ । यसरी अहिलेसम्मको प्राप्त विवरण अनुसार कोरोना संक्रमितको संख्या इटहरीमा ५७९ पुगेको छ । आज थप ६९ जनाको पिसिआर टेस्टका लागि स्वाब संकलन गरिएको छ , जसमध्ये ३५ जना पुरुष र ३४ जना महिला रहेका छन् ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार