Logo

कोभिड इटहरी ः जेष्ठ ४ गतेसम्म औषधि पसलबाहेक सम्पूर्ण व्यवसाय बन्द, दुग्ध र फलफूल १० बजेसम्म खोल्न पाइने

प्रभात खबर २८ बैशाख २०७८, मंगलवार १८:११ मा प्रकाशित

कृष्णकला राई
इटहरी, वैशाख २८
इटहरी उपमहानगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दे जेष्ठ ४ गते मध्यरात १२ बजेसम्मका लागि अस्पताल र औषधि पसल बाहेक सम्पुर्ण व्यापार र व्यवसाय बन्द गर्ने जानकारी गराएको छ । इटहरीमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिले समुदाय फैलिरहेको अवस्थालाई नजर गर्दे सो निर्णय गरेको हो । आज वैशाख २८ गते बसेको वैठकले बिहानको १० बजेसम्म भने दुग्ध र फलफूल पसल खोल्ने अनुमति दिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समुदायमा तीव्र रुपले फैलिरहेको कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न सुरक्षाका आवश्यक मापदण्ड पालन गर्न नगरवासीहरुलाई समेत प्रेस विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार