Logo

निशेधाज्ञामा वीरमाया स्मृति फाउन्डेसन असहाय, अशक्त र विपन्नहरूको सहारा बन्दै

प्रभात खबर २९ बैशाख २०७८, बुधबार ०९:१४ मा प्रकाशित

हिमाल राई
बराहक्षेत्र , वैशाख २९बराहक्षेत्र नगरपालिकाभित्र निम्न आयश्रोत भएका अति विपन्न, असहाय र अशक्तहरुलाई वीरमाया स्मृति फाउन्डेसनले घरदलानमा पुगि खाद्यन्न सामग्रीहरु उपलब्ध गराएको छ।
वीरमाया स्मृति फाउन्डेसनका अध्यक्ष मनोज तामाङले स्वर्गीय आमा वीरमाया तामाङको सम्झनामा माता तिर्थ अौसीका दिन बराहक्षेत्र नगरपालिका भित्र खाद्यान्न राहत एवम् स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् । कोविड १९ का संक्रमीत दिन प्रतिदिन वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले वैशाख १६ देखि २४ गते सम्म निषेधाज्ञा जारी गरेको र कोरोनाले विकाराल रुप लिन सक्ने सम्भावना देखे पछी ३१ गते सम्म पूर्ण रुपले निषेधाज्ञा जारी गरेको छ।
बराहक्षेत्र नगरपालिका भित्र रहेका अति विपन्न र अशक्तका घर परिवारहरु लक्षित गरी चतरा वयरवन प्रकाशपुर, राजावास रहेका २०० घर परीवारहरुको घरदैलोमा पुगी खाद्यान्न नुन,तेल लगायतका अन्य राहत सामाग्री जस्तै साबुन, माक्स उपलब्ध गराएका हुन् ।चतरा-वयरवन बजारमा झ्याल पिटे, सुब्बेनी बोजु, बतासे मगर, पूर्णे भुजेल लगायतका अशक्तहरुलाई राहत सामग्री उपलब्ध गराएको हो ।
विरमाया स्मृति फाउन्डेसन अध्यक्ष मनोज तामाङले राष्ट्र, राष्ट्रियता,जनताहरुप्रति समर्पित अग्रपङ्क्तिमा रहेर दिनरात खटिने सुरक्षाकर्मीहरुलाई, इलाका प्रहरी कार्यालय चक्रघटी, अस्थाइ प्रहरी चौकी बाङ्गे,कालाबन्जर, नडाह प्रहरी चौकी प्रकाशपुर तथा सशस्त्र प्रहरी वेस क्याम्प चतरामा पुगि माक्स, सेनिटाइजर, साबुन उपलब्ध गराएका हुन् ।
बराहक्षेत्र नगर पालिका भित्र रहेका निम्न आयश्रोत भएका अति विपन्न,असहाय,अशक्त, गरीब दुखिहरूलाई लक्षित गरी वीरमाया स्मृति फाउन्डेसनले “निःशुल्क एम्बुलेन्स सेवा सुविधा उपलब्ध गराइरहेको छ। अध्यक्ष तामाङले यो संकटकालिन समयमा गरीव,दुखि असक्त असहायहरुले अस्पताल पुग्न एम्बुलेन्स नपाई अकालमा मृत्यु वरण गर्नु नपरोस भन्ने उद्देश्यले” वीरमाया स्मृति फाउन्डेसनले” नि:शुल्क सेवा सुविधा उपलब्ध गराएको बताउनु भयो ।
विरमाया स्मृति फाउन्डेसन स्वर्गीय अामा वीरमाया तामाङको स्मृतिमा छोराहरू मनोज तथा सुवास तामाङले स्थापना गरेको विशुद्ध सामाजिक संस्था हो।
एम्बुलेन्स सेवा सुविधा लिन निम्न फोन नम्बर सम्पर्क गर्न सकिन्छ कालाबन्जर 9812366777 उधोग वाणिज्य संघ 9842242453, जनहित 9842230969जेसिस 986236550 तथा सुनसरी जिल्ला भित्र रहेका एम्बुलेन्सहरु सहकार्य गरी यो सेवा सुबिधा लिन सकिने फउण्डेशनले जानकारी गराएको छ।
अध्यक्ष मनोज तामाङले कसैको घरमा खाद्यान्नको अभावमा चुलोमा अागो नबले आगो बाल्ने तथा समस्या समाधान गर्न लागि अाफ्नो संस्था लागिएको बताउँदै आपत विपतमा सम्पर्क गर्न समेत प्रभात खबरमार्फत अनुरोध गर्नुभयो ।
अध्यक्ष मनोज तामाङ ९८१७३४०२९४ र उपाध्यक्ष सुवास तामाङ ९८४२३७२२३३”वीरमाया स्मृति फाउण्डेशन”बराहक्षेत्र सुनसरी।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार