Logo

सुनसरी जिल्लामा निषेधाज्ञा थप गरिएको आदेश जारी

प्रभात खबर २९ बैशाख २०७८, बुधबार १९:३९ मा प्रकाशित

कृष्णकला राई
इटहरी, वैशाख २९
सुनसरी जिल्लामा निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको आज बसेको बैठकले निषेधाज्ञा थप गरि वैशाख ३१ गतेसम्मको निषेधाज्ञालाई बढाएर जेष्ठको १५ गतेसम्म लम्बाएको हो ।कोरोना संक्रमणका कारण दिनहुँ बढ्दो संक्रमितको संख्याका साथ मृत्यु दर का कारण कोरोना संक्रमणको उच्च जोखिमका कारण समुदायमा संक्रमण फैलिन नदिन यसको रोकथाम र नियन्त्रणका लागि प्रशासनले वैशाख ३१ गते १२ बजेदेखि लागू हुने गरि जेष्ठको १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको जारी आदेशमा जनाएको छ ।


निषेधाज्ञाको समयमा औषधि खरिद र उपचार लागि बाहेक घरबाट ननिस्कने भनिएको छ भने कुनै पनि स्थानमा जम्मा भई कुनै पनि प्रकारको भेला , जुलुस, सम्मेलन, छलफल, गोष्ठी , भोज भतेर लगायतका भिडभाड हुने कुनै पनि प्रकारका क्रियाकलाप नगर्ने भनि उल्लेख गरिएको छ । अत्यावश्यक बाहेकका सम्पूर्ण निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइएको छ । औषधी, स्वास्थ्य सामाग्री तथा इन्धन व्यवसय सम्बन्धी पसल बाहेकका अन्य सबै पसल व्यवसाय खाद्यान्न, फलफूल, डेरी, मासुजन्य पसल समेत पूर्ण रुपले बन्द गर्ने भनि जारी आदेशमा उल्लेख गरिएको छ ।
त्यसैगरि ह्रियो तरकारी, फलफुल र दुध तथा दुधजन्य पदार्थ स्थानीय तहको समन्वयमा स्गानीय उद्योग वाणिज्य संघको सक्रियतामा विहान ८ बजेभित्र घरघरमा होम डेलिभरिको सेवाको व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।
त्यस्तै, सरकारी कार्यालय, बैँक तथा वित्तिय संस्था, बिमा एवं राष्ट्र बैँकबाट इजाजत प्राप्त सहकारी संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरेर माथिल्लो निकायको स्वीकृति लिएर आलोपालो सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ । उक्त कार्यालयमा कार्यरत कर्मचारीले विहान ९ बजे देखि १० बजेसम्म र दिउँसो ५ बजेदेखि ६ बजेसम्म मात्र सवारीसाधन प्रयोग गर्न पाउनेछन् ।
त्यस्तै, सार्वजनिक एवं निजी सवारीको हकमा भने एम्बुलेन्स, दमकल, खानेपानी, इन्धन, स्वास्थ्य, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ बोकेका सवारी साधन सञ्चालन हुन पाउनेछन् । त्यस्तै, इन्टरनेट, फोहरमैला व्यवस्थापन कुरियर तथा डाकसेवा लगायतका साधन सञ्चालन गर्न पाउनेछन् भने अन्य सबै सवारी साधन पूर्ण रुपमा बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।
होटल तथा रेष्टुरेन्ट पूर्ण रुपमा बन्द हुनेछ भने विवाह तथ व्रतबन्धमा पाटी प्यालेसको प्रयोग गर्न नपाइने र १० जना भन्दा बढी मानिस पनि उपस्थित हुन पाइने छैन । विवाहको लागि अन्य जिल्ला जान परे दुलहा, दुलही सहित १० जना बढी नपाइने र व्यानर राखेर आवात जावात गर्न पाइने छ ।
त्यसै गरी उद्योग तथा कलकारखानाको हकमा भने कम कर्मचारीलाई प्रयोग गर्नुपर्नेछ भने कामदारहरुको ओसारपोसारको व्यवस्था उद्योग आफैले गर्नुपर्ने भनिएको छ । विशेष गरि भारतीय नाकाबाट आवात जावातमा रोक लगाइएको छ । राष्ट्रिय प्राथमिकताका आयोजनाहरु तथा निर्माण कार्यलाई निरन्तरता दिइएको छ । उक्त कार्यको लागि सामाग्री बोकेको सवारीसाधनलाई रोक लगाइएको छैन । मृत्यु संस्कार र बिरामी कुरुवाको हकमा भने सम्बन्धित अस्पताल वा स्थानीय तहले प्रशासनलाई निवेदन दिनुपर्नेछ । साथै यस विकट परिस्थितिमा
अत्यावश्यक उपभोग्य वस्तुमा मुल्य वृद्धि, कृतिम अभाव सृजना लगायत कार्य गर्नेलाई कानुन बमोजिम कारवाहि गरिने भनि उल्लेख गरिएको छ ।
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि प्रशासनले जारी गरेको निषेधाज्ञालाई पालन गर्न र स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालन गर्न भनिएको छ भने प्रशासनको आदेशको अवहेलना गर्नेलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानु बमोजिम सजाय गरिने जारी आदेशमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार