कृष्ण कला राई
इटहरी, बैशाख २९
वैशाख २७ गते संकलित स्वाबको भर्खरै प्राप्त नतिजा अनुसार ६६ मध्ये ४४ जनामा कोरोना संक्रमण देखिएको छ । इटहरी आइसोलेसनमा कार्यरत ल्याब टेक्निसियन शैलेन्द्र भगतले उपलब्ध गराउनु भएको जानकारी अनुसार पिसिआर टेस्टको नतिजाले वैशाख २७ गतेको संकलित ६६ जनाको स्वाब परिक्षणबाट ४४जनामा कोरोना संक्रमणको पुष्टि भएको हो भने एक जनाको रिर्पोट आउन बाँकी रहेको छ ।
वडा नं. २ बाट १, वडा नं. ४ बाट ६, वडा नं. ५ बाट ६, वडा नं. ६ बाट ८, वडा नं. ८ बाट ५ , वडा नं. ९ बाट २, वडा नं. ११ बाट १, वडा नं. १२ बाट ३, वडा नं. १४ बाट १, वडा नं. १६ बाट ४, वडा नं. १७ बाट १ र वडा नं. २० बाट ४, वडा नखुलेको बाट १ जना गरि जम्मा ४३ जना र एक सुन्दर हरैचा ५ बाट रहेकोमा वैशाख २७ गतेको संकलित स्वाबको पिसिआर टेस्टबाट कोरोना संक्रमणको पुष्टि भएको हो ।प्राप्त रिर्पाेट अनुसार १८ महिला र २६ पुरुष संक्रमित रहेका छन् ।
त्यसै गरि ल्याब टेक्निसियन शैलेन्द्र भगतले दिनुभएको जानकारी अनुसार आज ३५ जना पुरुष र ३० जना महिला गरि जम्मा ६५ जनाबाट पिसिआर टेस्टका लागि स्वाब संकलन गरिएको छ ।