कृष्णकला राई
इटहरी, जेष्ठ १
इटहरी आइसोलेसनमा वैशाख ३० गते भर्ना भएका एक कोरोना संक्रमित पुरुषको अवस्था गम्भीर भएपछि आज विहान ८ बजे दमकको आम्दा अस्पतालमा रेफर गरिएको छ ।आइसोलेसन सेन्टरमा भर्ना भएदेखि संक्रमित पुरुषको अवस्था गम्भीर रहेको उपचारमा खटिरहनु भएका डा शिव कुमार झाले जानकारी गराउनु भयो ।भर्ना भएदेखी निरन्तर आक्सीजन दिइरहँदा पनि संक्रमित पुरुषको आक्सीजन लेभल घटिरहेको हँदा आज विहान इटहरी उपमहानगरपालिकाको एम्बुलेन्सदारा दमक अस्पताल पु¥याएको जानकारी डा. झाले दिनुभयो । इटहरी वडा नं २० का ४० वर्षीय कोरोना संक्रमित पुरुषका पत्नी पनि कोरोना संक्रमित भएको डा. झा बताउनु हुन्छ ।
इटहरी उपमहानगरपालिकाद्वरा संचालित आइसोलेसन सेन्टरमा १० जना संक्रमितहरु जसमध्ये ७ जना पुरुष र ३ जना महिला संक्रमित रहेका छन् ।
अहिलेसम्म इटहरीमा संक्रमितको संख्या ८४२ पुगेको छ , भने १२ जना संक्रमितको मृत्यु भइसकेको र १६८ जना निको भइसकेको जानकारी इटहरी अस्पतालका इन्चार्ज राम कुमार धमलाले दिनुभयो ।