Logo

कोभिड इटहरीः कोरोना संक्रमणका कारण उपचारको क्रममा इटहरी २ की ५५ वर्षीय एक महिलाको मृत्यु

प्रभात खबर १ जेष्ठ २०७८, शनिबार १८:१६ मा प्रकाशित

कृष्णकला राई
इटहरी, जेष्ठ १
इटहरीमा आज जेष्ठ १ गते २० जनाको पिसिआर टेस्टका लागि स्वाब संकलन गरिएको छ । इटहरी आइसोलेसन सेन्टरका ल्याब टेक्निसियन शैलेन्द्र भगतले दिनुभएको जानकारी अनुसार आज इटहरीका २० जनाको पिसिआर टेस्टका लागि स्वाब संकलन गरिएको छ भने आजै १९ जनाले गराएको एन्टिजेन टेस्टबाट ६ जनामा कोरोना संक्रमण देखिएको छ । एन्टिजेन टेस्टले देखाएको कोरोना संक्रमितहरुमा ३ जना पुरुष र ३ जना महिला रहेका छन् ।

इटहरी उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी पूजा भट्टराईले दिनुभएको विवरण अनुसार वैशाख २८ गतेको ६९ जनाको संकलित स्वाबको बाँकी ५ जनामध्ये २ जनामा कोरोना संक्रमण देखाइएको छ , त्यसैगरि वैशाख ३० र ३१ मा विभिन्न अस्पतालहरुमा गइ परिक्षण गराउने ६ जनाको रिर्पोट पोजेटिभ देखाएको छ । यसै गरि आज जेष्ठ १ गते इटहरी २ कि ५५ बर्षिया महिलाको नोवेल अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ,भने आजसम्म नयाँ थपिएका कोरोना संक्रमितको संख्या १४ जना , र जम्मा संक्रमितको संख्या ८५६ जना पुगेको छ । त्यसैगरि संक्रमण पूरा भएको १४ दिन पूरा गर्नेको संख्या १९४ र संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार