Logo

कोभिड इटहरीः बढ्दै छ कोरोना संक्रमितको संख्या इटहरीमा

प्रभात खबर २ जेष्ठ २०७८, आईतवार ०९:०१ मा प्रकाशित

कृष्णकला राई
इटहरी, जेष्ठ १
इटहरीमा आज जेष्ठ २ गते भर्खरै प्राप्त विवरणअनुसार आइसोलेसन सेन्टरमा वैशाख २९ गते पिसिआर टेस्टका लागि संकलन गरिएको ६५ जनाको संकलित स्वाब परिक्षणले ५८ जनामा कोरोना संक्रमण देखाइएको छ ।
वेशाख २९ ६५ जनाको पिसिआर टेस्टका लागि स्वाब संकलन गरिएको छ । इटहरी आइसोलेसन सेन्टरका ल्याब टेक्निसियन शैलेन्द्र भगतले उपलब्ध गराएको जानकारी अनुसार ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।जसमध्ये पुरुषको संख्या ३० र महिलाको संख्या २८ रहेको छ ।
अहिलेसम्मा प्राप्त रिर्पोट अनुसार कोरोना संक्रमितको संख्या ९१४ जना पुगेको छ भने थपिएका संक्रमितको संख्या ७२ जना पुगेको जानकारी इटहरी अस्पताल इन्चार्ज रामकुमार धमलाले दिनुभयो त्यसैगरि आइसोलेसन सेन्टरमा भर्ना हुने संक्रमितको संख्या १० जसमध्ये ७ जना पुरुष र ३ जना महिला संक्रमित रहेका जानकारी आइसोलेसन सेन्टरमा खटिएका डा. शिवकुमार झाले दिनुभयो ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार