Logo

ला-लिगाका २० वटै टोली आज मैदान उत्रदै

प्रभात खबर २ जेष्ठ २०७८, आईतवार १७:२९ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला-लिगा फुटबलमा आज १० खेल हुदैछ । ३७ औ चरणको प्रतिस्पर्धामा आज ला लिगाका सबै २० वटै टोली मैदान उत्रन लागेका हुन् । यी खेल नेपाली समयानुसार राती सवा १० बजे सुरु हुनेछन् । आज लिग लिडर एट्लेटिको मड्रिडले घरेलु मैदानमा ओसासुनासँग खेल्नेछ । साविक विजेता रियल मड्रिडले एथ्लेटिको बिल्वाओसंगै उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । उपाधि होड निक्कै रोमाञ्चक बनेको समयमा तेस्रो स्थानको बार्सिलोनाले घरेलु मैदानमा सेल्टा डि भिगोसंग खेल्नेछ ।
त्यस्तै सेभियाले भिल्लारियलसँग उसैको मैदानमा खेल्दै छ । ३६ औ चरणका खेल सकिदा शीर्ष स्थानको एथ्लेटिकोसँग ८० अङ्क छ । दोस्रो स्थानको रियल मड्रिडसँग ७८ तथा तेस्रो स्थानको बार्सिलोनासँग ७६ अङ्क छ । उपाधि होड बलियो बनाउन तीनै टोलीलाई आज स्पष्ट जित निकाल्न आवश्यक छ । एट्लेटिकोले आजको खेलमा जित निकाले बार्सिलोना एक खेल अगावै उपाधि होडबाट बाहिरिने छ ।
त्यस्तै आज जारी सिजन रेलिगेशनमा पर्ने टोलीको पनि टुंगो लाग्ने संभावना छ । ३६ औ चरणका खेल सकिदा रियल भल्लाडोलिड, ईल्चे र आईबर रेलिगेशन क्षेत्रमा रहेका छन् ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार