कृष्णकला राई
इटहरी, जेष्ठ २
अहिले साँझ प्राप्त भएको विवरण अनुसार इटहरीमा कोरोना संक्रमितको संख्या १०२२ पुगेको छ । २०७८।०१।३० मा इटहरी रंगशाला बाट पिसिआर स्वाब संकलन गरिएका स्वाब ७५ मध्ये ७० जनाको रिपोर्ट पोजेटिभ ९प्रदेश ल्याब बिराटनगर बाट० देखाएको छ ।त्यसैगरि,अ ाज
२०७८।०२।०२ मा इटहरी रङ्गशालामा एन्टिजेन गराउने २८ जना मध्ये १५ जना कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरि २०७८।०१।३१ र ०२।०१ मा विभिन्न अस्पतालमा गएर स्वयम् परिक्षण गराउने व्यक्तिहरुमध्ये २३ जना को कोरोना रिर्पोट पोजेटिभ प्राप्त भएको जानकारी इटहरी उपमहानगरपालिका जनस्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट पूजा भट्टराईले जानकारी गराउनु भयो ।हेल्थ असिस्टेन्ट पूजा भट्टराईले दिनुभएको जानकारी अनुसार गए राति कोरोना संक्रमण कै कारण इटहरी २० की ७४ वर्षीय महिलाको मृत्यु भएको र मृत्यु हुनेको संख्या आजसम्म १४ पुगेको छ । आज २०७८।०२।०२ गते प्राप्त रिपोर्ट अनुसार नँया संक्रमित १०८ जना
हाल सम्मको जम्मा संक्रमित १०२२ जना, संक्रमण भएको १४ दिन पुरा भएका २३४ जना र संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।