हिमाल राई
बराहक्षेत्र, जेष्ठ ३
वराहक्षेत्र नगरपालिकाको वार्ड नं २ का र्यालय परीधिभित्र बराह नगर अस्पताल तथा प्रथामिक स्वास्थ्य के केन्द्र चतराका स्वा स्थ्यकर्मीहरु द्वारा एन्टीजेन परीक्षण भएको छ। बराहक्षेत्र नगरपालिका वार्ड नं १ तथा २ का करोना पोजेटिभ विरामीहरुहरुको सख्यामा दिनप्रतिदिन वृद्धि भएपछि कोरोना संक्रमित विरामीहरुको सम्पर्कमा आएका तथा कोरोनाका लक्षण भएका व्यक्तिहरुलाई एन्टिजेन टेस्टबाट कोरोना संक्रमणको जाँच गरीएको हो। एन्टिजेन परीक्षण गराएका ५० जनामध्ये १५ जनामा कोरोना संक्रमण देखिएको कुरा वडा नं २ का सचिव गोपाल लम्सालले जानकारी दिनुभयो । वडा नं १(१ जना वडा नं २(१२ जना वडा नं ३(१जना वडा नं ७(१ गरी जम्मा १५ जना पोजेटिभ देखिएको छ। स्वास्थ्यकर्मी प्रमोद यादवले दिनुभएको जानकारी अनुसार, बराहक्षेत्र नगरपालिका भित्र १२० जना पोजेटिभ विरामी रहेको र आइसोलेसनमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
वडा नं २ सचिव गोपाल लम्सालले वडा नं १ तथा २ का पोजेटिभ विरामीहरु कोही होम आइसोलेसन मा ,कोही अस्पतालमा उपचारर्थ रहेक ा छन् भने होम आइसुलेसन बस्ने विरामीहरु गारो सारो भएमा नगरपालिकाको एम्बुलेन्सद्वारा आइसोलेसन पुराउन सहयोग गर्ने बताउनु भयो । साथै वडा सचिव लम्सालले सम्पुर्ण आम नागरिकहरुलाई सरकारले तोकेको मापदण्ड अनुसार सचेत सजक भइ घरमा बसेर स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई पालना गर्दे अतिआवश्यक काम बाहेक घर वाहिर ननिस्कन आग्रह गरे । वराहक्षेत्र नगरभित्र कोरोना संक्रमणका कारण ५ जना कोरोना संक्रमितहरुको मृत्यु भइसकेको छ।